Author: Kathmandu Khabar

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ । नेपालसहित कुल ६ देश सहभागी हुने खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुन लागेको एन्फाले जनाएको छ । दशरथ रंगशाला खेल्न अयोग्य भएपछि अन्तिम समयमा खेलस्थल सार्नुपरेको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दिउँसो ३ बजे सुरु हुने आजको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।

Read More

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रतिष्ठानबाट चालु आ.व.२०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूका लागि अनुदान रकमका लागि सूचना जारी गरिएको प्रतिष्ठानले जनाएको छ । यो कार्यक्रममा १ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म अनुदान दिइनेछ र आवेदकले भदौ २३ गतेभित्र आवेदन भर्नुपर्ने जनाइएको छ । सूचनाको अन्तिम म्यादसम्ममा ४० वर्ष उमेर ननाघेका वैज्ञानिकले मात्रै यसमा सहभागी हुन सक्ने बताइएको छ । यस्तो छ प्रतिष्ठानको सूचना

Read More

काठमाडौं । राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । यो समाचार प्रकृति अधिकारीले गोरखापत्र दैनिकका लागि लेखेका हुन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ…

Read More

काठमाडौं । मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई बिहान १० बजेसम्म सचेत रहन आग्रह गरेको छ । बिहान मोबाइल सन्देश पठाउँदै विभागले काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको हो । विभागले बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ । विगत…

Read More

काठमाडौं । आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणअनुसार काठमाडौं उपत्यकासहित देशका केही प्रदेशमा दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको छ । हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि…

Read More

काठमाडौं । शुक्रबार पशुपतिमा एक महिनादेखि जारी कोटीहोमस्थलमा शुक्रबार तनाव सिर्जना भएको छ । आफूलाई धर्मगुरु बताउने विवादित छविका विजय कृष्णमूर्तिले कथा भन्दैगर्दा प्रहरीहरू सो स्थलमा पुगेपछि विवाद सिर्जना भएको थियो । सादा पोशाकमा गएका प्रहरीहरू कथा सकिएपछि उनलाई पक्राउ गर्न भनेर नै गएको थियो । विजयकृष्णमूर्ति एक विवादित पृष्ठभूमिका व्यक्ति हुन् । सोझा नागरिकलाई विभिन्न कार्यक्रममा अमेरिका पठाइदिने भन्दै दर्जनौँ व्यक्तिलाई ठगी गरेको र धार्मिक कार्यक्रमको नाममा समेत ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेर आएका उनलाई अर्को मुद्दामा सादा पोशाकमा आएका प्रहरीहरूले निगरानी गरेका थिए । २०७१ असोजमा पक्राउ परेका उनलाई २०७३ मंसिर ६ गते…

Read More

काठमाडौं । नेपालको इतिहासमा बासठ्ठी हरण काण्ड चर्चित काण्डभित्र पर्दछ । विसं १८६२ मा मुख्तियार रणबहादुर शाहले बिर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरेका थिए । यही काण्डलाई इतिहासमा बासठ्ठी हरण काण्डको रूपमा चिन्ने गरिएको छ । आफू बनारस रहँदा लागेको ऋण तिर्न भीमसेन थापाको सल्लाहमा ६२ जना बाह्मणहरूले पाएको विर्ता, गुठी र राईहरूको किपट जग्गा जफत गर्ने घोषणा गरे। यसैलाई नेपालको इतिहासमा ‘बासठ्ठी हरण‘को नाम दिइएको छ। यसै घटनालाई ६२ हरण, बिर्ता हरणको नामले चिनिन्छ। त्यो बिर्ताहरणले शताब्दीदेखि पाएका बिर्तावाला भएका ब्राह्मणलगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो। राजा रणबहादुर शाह वि.सं. १८५८मा राज्य त्याग गरी बनारस गएका…

Read More

मिल्दैन जो त्यो सपना नदेखूँ म चाकडीका कविता नलेखूँ वा वा र आहा सतही बधाई भो चाहिँदैनन् अब क्यै मलाई त्यागेर थोत्रा अभिमान सान ठुला बडाको खुब राखूँ मान सेवा गरुँ क्यै दुखकष्ट पर्दा आँखा पुछूँ हर्दम आशु झर्दा फालेर सारा मनका कचेरा हुन् देहका निर्मल तन्तु मेरा बले सदा झल्मल दिव्य ज्योति के चाहियो तुच्छ हिरा र मोती यो जिन्दगी मानिस भै म बाँचूँ क्यै लोभ ईष्र्या दिलमा नसाँचूँ हेस् गर्व मान्छे हुनुमा मलाई गरुँ सकेको अरुको भलाई अझै छु फुल्दै अझ फुल्न देऊ सुवास फैलाउँछु धर्य लेऊ चुँडी अकालै किन नास पार्ने ? उद्देश्य मेरो छ धरा सिँगार्ने…

Read More

हदैसम्म भाव विभाेर भएपछि भावनाकाे गहिराइलाई मुटुको ऐनामा तन्की स्पर्श गर्दै हेरेँ ! यादहरु हतारमा देखिए बौद्धिक्ता माथि  प्रश्नन चिह्न लगाइ आँखाले मनकाेआवेग सँगै मेरो अनुभूतिलाई  जिस्कायाे ! हृदय विदारक बाजा समयले एकतमास बजाइ रह्यो म त्यही लयमा उनिएर जीवन घिसारी रहेँ यादलाई  तन्काइ रहेँ । मनकाे पर्यायवाची चित्त हुनुपर्ने होइन र? यही चित्तमा  दाेधार शब्द कहाँबाट आयो? अनि,फेरि, किन, कसरी प्रश्न  बनी तेर्सि रह्याे न उत्तर भेटिन्छ प्रतिवाद नै केही गर्न सकिन्छ मौनतामा अल्झेर स्वहम जप गरिरह्याे ! आकाश, आकाश  नभएर आफैँ झैँ लाग्यो सपनाको तह भ्रमकाे महल जीवन झैँ लाग्याे घाम र बादल औँसी  र पूर्णिमाबीचको तारतम्यको उल्झन…

Read More

काठमाडौं । काठमाडौंको तारेकश्वरमा भदौ ७ गतेदेखि पौडी प्रतियोगिता हुने भएको छ । तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको शुक्रबार टुसाल मल्टिभेन्यु प्रालिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रवीनमान सिंह बस्नेतले बताए । प्रतियोगिता २५ मिटरको फ्रि स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गल्र्स र सिनियर ब्वाइज र सिनियर गल्र्स गरी चारवटा विधामा प्रतिस्पर्धा गराइनेछ । विजयी खेलाडीलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारले सम्मान गरिने छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २०…

Read More

काठमाडौं । कतारको दोहामा जारी इजरायल र हमासबीचको वार्तामा इजरायलको प्रस्तावलाई हमासले अस्वीकार गरेको छ । दुई देशबीचको युद्धविरामका लागि कतारको प्रयासमा भएको सो वार्तामा इजरायली रक्षामन्त्रीले राखेको प्रस्ताव हमासले ठाडै अस्वीकार गरेको हो । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदीहरुको फिर्ताको माग गरेको थियो । इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्र्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरुको रिहाइका लागि वार्ता महत्वपूर्ण हुनेमा जोड…

Read More

काठमाडौं । बिहीबार काठमाडौंको गठ्ठाघरमा स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्ति कपन निवासी ६५ वर्षीय पुरुष रहेको खुलेको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरले गरेको छ । पहिले मृतक व्यक्ति महिला भएको भन्दै सार्वजनिक गरेको प्रहरीले साँझ फेरि सीसीटीभी फुटेज हेरेर पुरुष रहेको बताएको थियो । शुक्रबार बिहान प्रहरीले ती व्यक्तिको सनाखत गर्दै उनको ठेगाना समेत सार्वजनिक गरेको हो । बिहीबार दिउँसो १:५९ बजेको समयमा भएको सो दुर्घटनामा कसको गल्ती भएको भन्ने धेरैलाई जिज्ञासा हुँदै आएको छ । प्रत्यक्षदर्शी र चालकको बयानका आधारमा सो दुर्घटनामा…

Read More

काठमाडौं । सरकारले काभा भलिबलमा उपविजेता बनेका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने निर्णय यही साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङका अनुसार, भलिबलका मुख्य प्रशिक्षकलाई रु दुई लाख, व्यवस्थापकलाई रु एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही रु एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिइएको छ । यस्तै, सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट…

Read More

काठमाडौं । काठमाडौंको अन्य भेगमा भदौ ४ गते मनाइने गाईजात्रा बौद्ध क्षेत्रमा भने भदौ पाँच गते मनाइँदैछ । गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्ध शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा रोपाइँजात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले फरक ढंगले गाईजात्रा मनाउन लागिएको जनाएको छ । सम्मेलनमा समितिले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको र विविधताभित्रको साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइजात्रालाई जीवित राख्ने उद्देश्यले यस वर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दिएको छ । जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्गय तथा साँस्कृतिक कार्यक्रम, र रोपाईँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको समितिका संयोजक जनमङ्गल लामाले…

Read More

काठमाडौं । आजबाट पेट्रोलको भाउ घटेर १६५ रुपैयाँ घटेको छ । नेपाल आयल निगमको पछिल्लो निर्णयअनुसार आजबाट तेलको भाउ घटेको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७०…

Read More

काठमाडौं । बुढानीलकण्ठको वडा नं १० मा पाँच दलीय संयन्त्रको बैठकले फोहोर व्यवस्थापनमा १२ नं वडाको जस्तै मोडलबाट फोहोर व्यवस्थापन गर्नुपर्ने अडान राखेको छ । बिहीबार कपनमा बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एसका प्रतिनिधिको बैठकले वडा नं १० मा पनि नगरपालिकाले नयाँ निर्णय नगर्दासम्म पुरानै कम्पनी र पुरानै शुल्कमा फोहोर व्यवस्थापन गर्नुपर्ने अडान राख्ने निर्णय गरेको संयन्त्रका सचिव एवं नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४(ख)का सचिव मनोज सिग्देलले जानकारी दिए । अब पाँच दलीय संयन्त्रले तयार पारेको म्याण्डेडलाई आधार मानेर शुक्रबार वडामा यो माग लिएर पाँच वटै दलका वडा प्रतिनिधिहरू जाने तयारी गरेका छन् ।…

Read More

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा एक स्कुटर चालक महिलाको ज्यान गएको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको अवस्थामा तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासी ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको थियो । जथाभावी ट्राफिक चेक जाँच गर्दा यस्तो भएको भन्दै ट्राफिक प्रहरीविरुद्ध पनि स्थानीयले आक्रोश पोखेका छन् । आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन् । यद्यपि प्रहरीले तत्काल आगो निभाएको छ। अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Read More

काठमाडौं । करिब ३० अर्बको कारोबार भएको धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेपछि नयाँ कीर्तिमान कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मुल्यमा कारोबार…

Read More

काठमाडौं । कर उठाउँदा भ्रष्टाचारको मुद्दा खेप्नुपरेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर उपमेयरसहित १४ जनप्रतिनिधिलाई विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार यससम्बन्धी पाँच मुद्दामा दाबी नपुग्ने फैसला सुनाउँदै अख्तियारमाथि नै प्रश्न चिह्न खडा गरेको हो । भ्रष्टाचारको मुद्दा दायर गर्दा उल्टै आफ्नै निष्पक्षतामाथि प्रश्न उठेको सम्भवत: पहिलो घटना हो । अदालतले संविधानले स्पष्ट उल्लेख गरेको संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारको विषयमा यकिन भएको र संवैधानिक इजलासबाट टुंग्याउनुपर्ने प्रश्नलाई भ्रष्टाचारको विषय बनाइएको भन्दै उल्टै अख्तियारमाथि प्रश्न उठाउँदै आरोपीलाई सफाइ दिएको हो । त्यस्तै, अदालतले स्थानीय तहलाई प्राकृतिक…

Read More

काठमाडौं । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो यही भदौ ११ गतेदेखि १६ गतेसम्म हुने भएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी अटो शो गर्न लागिएको जानकारी दिएको हो । आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना गरिने भएको छ । दुई दशकअघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एशोसिएशनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराए । बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्राण्ड, १९ वटा दुई पाङ्ग्रे ब्राण्डहरू र १२ वटा…

Read More

काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्षको खुद नाफा साढे १६ प्रतिशतले घटेको छ । टेलिकमले जारी गरेको फाइनान्सियल रिपोर्टअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले कम भएको हो । प्रतिशेयर आम्दानी ३६.७७ रहेको नेपाल टेलिकमको करअघिको मुनाफा ३.९१ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ७७ करोड ९८ लाख ४ हजार रहेको करअघिको मुनाफा अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार थियो । नेपाल टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा राजश्व र खुद नाफा कम हुनुमा ओटीटी सेवाको बढ्दो कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा गत आर्थिक…

Read More

काठमाडौं । आज छिमेकी मुलुक भारतले आफ्नो ७८ औं स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अँग्रेजलाई हटाएर स्वतन्त्र बनेको भारतले हरेक अगस्ट १५ को दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । यसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्दैछन् । यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ । समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ…

Read More

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान अनुमान गरिएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । विभागका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति  देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भारी वर्षा हुने विभागको…

Read More

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकामा मंकीपक्स भाइरल रोगको नयाँ संस्करणले भयावह अवस्था ल्याएपछि यसको उच्चतम स्तरको सतर्कताका लागि विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओले बुधबार १३ अफ्रिकी देशहरूमा एमपक्सका केसहरू फेला परेको र यसको नयाँ रूप फैलिरहेको बताएको छ। संगठनले दुई वर्षमा यो रोगको लागि अलर्ट जारी गरेको यो दोस्रो पटक हो । यो प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएर भाइरल भएको प्रकोप हो । यो समस्या छिमेकी देशहरूमा समेत समेत फैलिइसकेको छ । ‘आज आपतकालिन समितिले मलाई भेटेर सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्न सल्लाह दियो । मैले त्यो सल्लाह स्वीकार गरेको छु,’ डब्लूएचओका महानिर्देशक…

Read More

काठमाडौं । प्रतिनिधि सभाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले बहुमतले पारित गरेको हो । २५ फागुन २०७९ मा दर्ता भएको विधेयक १७ महिनापछि पारित भएको हो । अब यो कानुन राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिकहाँ पारितका लागि पठाइनेछ । विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र देखिएका थिए। सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको विधेयकको पक्षमा बहुमत पुगेको भन्दै पारित भएको घोषणा गरेका हुन्।

Read More

काठमाडौं । भक्तपुरमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)ले ३६० जनालाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले योग्य आवेदकले यही भदौ २० गतेभित्र आवेदन फाराम बुझाउन पनि अनुरोध गरेको छ । परिषद्का अनुसार प्रवेश परीक्षा भदौ २९ गते हुनेछ । दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि–डिप्लोमा तथा डिप्लोमा तहका कार्यक्रमहरुमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरिएको सीटीईभीटीले जनाएको छ ।

Read More

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से ३४ दशमलव २९ अङ्कले बढेको हो । आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ । जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ ।…

Read More

काठमाडौं । आईएमई इन्टरनेसनल मनि एक्स्प्रेस र जीएमई रेमिट्यान्स मर्ज भएका छन् । बुधबार एक कार्यक्रमका बीच आईएमई रेमिटका अध्यक्ष चन्द्र ढकालले आजबाट संयुक्त कारोबारमा आएको बताए। बुधबारदेखि नै दुई कम्पनीले संयुक्त कारोबार गरेका छन् । कार्यक्रममा अध्यक्ष ढकालले आईएमई रेमिट्सले नेपालको रेमिट्यान्स क्षेत्रलाई औपचारिक माध्यममा ल्याउन नेतृत्वदायी भूमिका खेलिरहेको बताए । उनले भने, ‘हामीले व्यवसाय सुरु गर्दा २० प्रतिशत रेमिट्यान्स मात्रै औपचारिक माध्यमबाट भित्रिन्थ्यो। अहिले झण्डै ८० प्रतिशत रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिनथालेको छ।’ यसो हुनुमा आईएमईले मुख्य भूमिका खेलेको उनको भनाइ छ। सन् २००१ मा सानो मनी एक्सचेन्ज काउन्टरको रुपमा सुरु गरेको आईएमई अहिले ठूलो रेमिट्यान्स कम्पनी बनिसकेको छ।

Read More

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौंमा दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको देखाएको छ । उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । त्यसैगरी आज राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन…

Read More

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०५० सम्ममा चारमध्ये एक जनामा ​​श्रवण क्षमतामा कमी आउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय बढ्दै गएको एयरबड संस्कृतिले यस्तो समस्या निम्त्याउन सक्ने चेतावनी डब्लुएचओले दिएको हो । उसले गरेको एक अध्ययनका अनुसार करिब ६५% मानिसले इयरबड, इयरफोन वा हेडफोनबाट संगीत, पोडकास्ट वा अन्य कुनै पनि कुरा सुन्दा आवाज ८५ डीबी (डेसिबल) भन्दा बढी राख्छन्, जुन कानको भित्री भागका लागि अत्यन्त हानिकारक हुन्छ । आजकल संगीत सुन्नबाहेक इयरबड वा इयरफोनहरू सोशल मिडिया प्लेटफर्महरूमा रीलहरू र भिडियोहरू हेर्नका लागि पनि प्रयोग गरिन्छ, जसमा कहिलेकाहीँ भोल्युम आउटपुट सामान्यभन्दा बढी हुन्छ। लामो समयसम्म प्रयोग गर्नाले…

Read More