काठमाडौं खबर भदौ २, २०८१
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रतिष्ठानबाट चालु आ.व.२०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूका लागि अनुदान रकमका लागि सूचना जारी गरिएको प्रतिष्ठानले जनाएको छ ।
यो कार्यक्रममा १ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म अनुदान दिइनेछ र आवेदकले भदौ २३ गतेभित्र आवेदन भर्नुपर्ने जनाइएको छ । सूचनाको अन्तिम म्यादसम्ममा ४० वर्ष उमेर ननाघेका वैज्ञानिकले मात्रै यसमा सहभागी हुन सक्ने बताइएको छ ।
यस्तो छ प्रतिष्ठानको सूचना