डा. राजेन्द्र पाैडेल भदौ १, २०८१
मिल्दैन जो त्यो सपना नदेखूँ
म चाकडीका कविता नलेखूँ
वा वा र आहा सतही बधाई
भो चाहिँदैनन् अब क्यै मलाई
त्यागेर थोत्रा अभिमान सान
ठुला बडाको खुब राखूँ मान
सेवा गरुँ क्यै दुखकष्ट पर्दा
आँखा पुछूँ हर्दम आशु झर्दा
फालेर सारा मनका कचेरा
हुन् देहका निर्मल तन्तु मेरा
बले सदा झल्मल दिव्य ज्योति
के चाहियो तुच्छ हिरा र मोती
यो जिन्दगी मानिस भै म बाँचूँ
क्यै लोभ ईष्र्या दिलमा नसाँचूँ
हेस् गर्व मान्छे हुनुमा मलाई
गरुँ सकेको अरुको भलाई
अझै छु फुल्दै अझ फुल्न देऊ
सुवास फैलाउँछु धर्य लेऊ
चुँडी अकालै किन नास पार्ने ?
उद्देश्य मेरो छ धरा सिँगार्ने ।