Author: Kathmandu Khabar

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपअन्तर्गत् नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ । दशरथ रंगशालामा खेल हुन नसकेपछि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेल समूह विजेताका हुन लागेको हो । आज विजेता हुने टोली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने छ । उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ। समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ। समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा हुनेछ ।

Read More

भक्तपुर । गाईजात्राको भोलिपल्ट अर्थात् आज रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक फरक सहरमा भैरव, महाकाली, निलबाराही लगायतका देवीदेवता तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै नाच सुरु भएको छ । मल्लकालभन्दा अगाडिको समयमा मध्यपुरथिमिलाई भूतप्रेत, पिचासलगायत दानवको आक्रमणबाट जोगाउने विश्वास लिएको उक्त नाचहरु मल्लकालीनभन्दा अगाडिदेखि प्रचलनमा आएको थियो । भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही,नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवं थिमि भैलः नाचको विकास भएको कथन छ । मध्यपुरथिमिको विभिन्न सहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाई टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै…

Read More

काठमाडौं । हिजो करिब सात घण्टा अवरुद्ध रहेको काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो अझै पनि पूर्णत: हटेको छैन । प्रहरी वृत्त थानकोटका अनुसार बिहीबार बिहानसम्म पनि सो बाटो एकतर्फीमात्रै सञ्चालनमा रहेको छ । अझै पनि लेदोसहितको पहिरो झरिरहेकोले अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ । बुधबार बिहान १०:३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो । प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी बढेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गृहमन्त्री गुहारेकी छन् । पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको भन्दै भट्टराईले त्रिविमा गुण्डागर्दीले चरम रूप लिएको स्पष्ट पारेकी छन् । अहिले विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा.खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित भएका छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित भएका छन् । यस्तो अवस्थामा शिक्षामन्त्रीले सामाजिक सञ्जालमा लेखेकी छन् : ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की…

Read More

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायतका विपद्मा काठमाडौं उपत्यकामा मात्रै तीन जनाको ज्यान गएको छ । जेठ २८ गतेदेखि भदौ ४ गतेसम्मको गृहमन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा तीन सहित देशभर एक सय ९३ जनाको मृत्यु भएको हो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती…

Read More

काठमाडौं । नेपाल तथा भारतमा चर्चिच सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । मंगलबार उनको भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको हो । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएका थिए । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध भए । पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए । नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा…

Read More

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका…

Read More

नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतले मंगलबार कोलकाताको आरजी कार मेडिकल कलेजमा स्नातकोत्तर चिकित्सकको बलात्कार र हत्यासम्बन्धी एक स्वोमोटो मुद्दाको सुनुवाइ गर्‍यो । कसैले मुद्दा दर्ता नगरेपछि सर्वोच्चले स्वमोटो अर्थात् अदालत आफैँले मुद्दा दर्ता गरी केही महत्वपूर्ण विषयमा फैसला गरेको छ । सर्वोच्च अदालतले ममता बनर्जीको नेतृत्वमा रहेको पश्चिम बंगाल सरकारलाई मुद्दाको सामना गर्ने क्रममा कोलकाता प्रहरी र पश्चिम बंगाल सरकारमाथि समेत प्रश्न उठाएको छ । साथै सीबीआईलाई समेत केही विषयमा बिहीबारसम्म रिपोर्ट दिन भनेको छ । विश्वभरका न्यायालयलाई पाठ सिकाउने गरी गरिएको यो फैसलाले भारतीय सर्वोच्च अदालतलाई नै उदाहरणीय बनाएको छ । अदालतले अगस्ट १४ र १५ गते आरजी…

Read More

भक्तपुर- भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व मंगलबारबाट सुरु भएको छ। सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ। दिवंगत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको छ । आज गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ। यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।

Read More

आजभन्दा करिब २२७ वर्ष पहिले अर्थात् २० अगस्ट, १८९७ मा एक बेलायती डाक्टर सर रोनाल्ड रसले अभूतपूर्व खोज गरेका थिए। उनले मानिसमा मलेरिया फैलाउनको लागि पोथी एनोफिलिस लामखुट्टे जिम्मेवार रहेको अनुसन्धानबाट पत्ता लगाएका थिए । यो पोथी लामखुट्टेको पेटमा मलेरिया गराउने परजीवी भेटिएको थियो । आज यो सानो लाग्न सक्छ, तर त्यो समयमा, यो खोज विज्ञान र चिकित्सा को दुनियाँका लागि एक ठूलो उपलब्धि थियो। त्यसैले यो दिन इतिहासमा लेखिएको छ। त्यसयता हरेक वर्ष अगस्ट २० लाई विश्व लामखुट्टे दिवसका रूपमा मनाइन्छ । हरेक वर्ष विश्व लामखुट्टे दिवसको अवसर पारेर लामखुट्टेको टोकाइबाट हुने खतरासँग जुध्न मानिसहरूलाई सचेत गराइन्छ । मानिसका…

Read More

काठमाडौं । यौनिक अल्पसंख्यकहरूले गाईजात्रा धुमधामका साथ मनाएका छन् । दिवंगत भएका आफ्ना साथीहरूको सम्झनामा प्राइड परेड गरेका हुन् । गाईजात्राको अवसरमा उनीहरूले ठमेलदेखि वसन्तपुरसम्म प्राइड परेड गरेका हुन् । सो अवसरमा उनीहरूले विभिन्न पहिरनमा सजिएर आफ्नो अनेक रूप देखाएका थिए । कार्यक्रमको आयोजना ब्लु डायमण्ड सोसाइटीले गरेको थियो । सोसाइटीको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन्।

Read More

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरिकी श्रीमती भारती सिलवालले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफूले करिब तीन दशकअघि लगेको किताब फर्काइदिन आग्रह गरेकी छन् । मंगलबार काठमाडौंमा स्व. गिरिको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा भारतीले आफ्नो अनुमतिविना लगेको लास्ट फ्रिडम नामक किताब अहिलेसम्म फिर्ता नगरेको बताइन् । उनको यो स्मरण शेरबहादुर देउवा गृहमन्त्री बन्नुभन्दा पहिले अर्थात् करिब तीन दशकअघिको हो । प्रदीप गिरिको दम्पती त्यतिबेला थापाथलीमा बस्ने गरेका थिए । सो समयमा लगेको जयकृष्णमूर्तिको किताब अहिलेसम्म पनि फिर्ता नगरेको आरोप भारतीको छ । ‘मैले त्यतिबेलै उहाँलाई किताब लैजान दिएकी थिइनँ । पीजे (प्रदीप गिरि)ले छाड्देउ लान…

Read More

काठमाडौं । अमेरिकाको रिपब्लिकन पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता गरेका छन् । सोमबार रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिन नै बाइडनविरुद्ध महाभियोग मुद्दा दर्ता गरेका हुन् । महाभियोग मुद्दामा रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताए । यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै…

Read More

काठमाडौँ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली रक्षाबन्धन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक भेटघाटमा व्यस्त थिए । सोही समयमा काठमाडौंकै सोल्टी होटलमा नेपाल क्रिकेट संघ (क्यान)को कार्यक्रम आयोजना भइरहेको थियो । क्यानको नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो सार्वजनिक गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । तर प्रधानमन्त्रीले समय व्यस्तताका कारण भन्दै समय दिएका थिएनन् । आयोजकले निम्तो दिएकै भरमा सहभागीलाई प्रधानमन्त्री आउँदै गरेको जानकारी दियो । कार्यक्रम सुरू गर्दै गर्न प्रधानमन्त्रीले भनेको आयोजनकले बताए । कार्यक्रममा आयोजकले प्रधानमन्त्री सहभागी हुने भनेर आन्तरिक सर्कुरमात्रै गरेको थिएन उनी आउँदैछन् भनेर निर्धारित समयभन्दा ढिलागरी कार्यक्रम सुरु…

Read More

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज पनि काठमाडौंसहित देशभर पानी पर्ने सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । राति बागमती प्रदेशका…

Read More

काठमाडौं । आजदेखि सुरु हुने गाईजात्राको अवसरमा देशका विभिन्न स्थानमा विभिन्न हास्यव्यङ्ग्यसहितको कार्यक्रम गरी मनाइँदै छ । आजभोलि गाईजात्राको अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । त्यसो त गाईजात्रामा विकृतिविरुद्ध हास्यव्यङ्ग्यको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । तर गाईजात्रामा…

Read More

काठमाडौं । आज भाद्र कृष्ण प्रतिपदा काठमाडौं उपत्यकामा दिवंगत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाउने गरिन्छ । आठ दिनसम्म चल्ने यो पर्व आजदेखि अष्टमीसम्म चल्ने गर्छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा…

Read More

काठमाडौं । पाटन दरबार क्षेत्रसँग जोडिएका सडकखण्डमा पार्किङ निषेध गरिएको छ । आइतबार एक सूचना जारी गर्दै ललितपुर महानगरपालिकाले दरबार क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडक खण्ड र मंगलबजार–ईटी लगनखेल सडक खण्डमा सवारीसाधन (दुई पाङ्ग्रे) पार्किङ निषेध गरिएको छ । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आइतबार सूचना जारी गर्दै सबै पार्किङ निषेध गरेको जनाएकी हुन् । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले उक्त सडक खण्डको अधिकांश स्थानमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ भइरहेको जनाएका छन् भने केही स्थानमा चार पाङ्ग्रे पनि भइरहेको छ ।

Read More

भक्तपुर । आज भक्तपुरमा भ्यागुतोलाई भात खुवाउने पर्व मनाइएको छ । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा यहाँका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्छन् । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर यहाँका किसान खेतमा पुग्छन् । आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । साङ्केतिक…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्सका उपविजेता टिमसँग बिहान भेट गरेका छन् । बिहान खाजा खानेगरी बालुवाटारमा बोलाएका प्रधानमन्त्रीले करिब दुई घण्टा भलिबल टोलीसँग भेट गरेका थिए । रक्षाबन्धनको दिन भएको भेटमा खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले  कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए । प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक…

Read More

काठमाडौं । इजरायली प्रहरीले तेल अभिभमा अघिल्लो रात भएको ‘शक्तिशाली’ विस्फोट ‘आतङ्ककारी हमला’ भएको र त्यसमा एक जना घाइते भएको र थप सतर्कता अपनाइएको बताएको छ । “यो एउटा शक्तिशाली विष्फोटक पदार्थको विष्फोट गराई भएको ‘आतङ्कवादी हमला’ थियो,” बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आइतबार अधिकारीहरूले तेल अभिभको व्यापारिक केन्द्रमा भएको विस्फोटमा एक व्यक्तिको मृत्यु भएको बताएका थिए । “विस्फोटका कारण एक जना पैदल यात्री सामान्य घाइते भएका छन्”, प्रहरीले भनेको छ, “अधिकारीहरूले सावधानीकोस्तर बढाउन र तेल अभिभ क्षेत्रमा व्यापक खानतलासी गर्न’ आदेश दिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा १० महिनाभन्दा लामो युद्धपछि युद्धविरामका लागि दबाब दिन तेल…

Read More

काठमाडौं । लक्जरी र ग्लैमरस जीवन देखाउनका लागि फिल्महरूमा कस्तो किसिमका दृश्यहरू देखाइन्छ भनेर तपाईंले कहिल्यै याद गर्नुभएको छ ? धनी मानिसहरूले धेरै रक्सीको साथ पार्टीहरू गरिरहेका हुन्छन् । उडानमा बिजनेस क्लासमा यात्रा गर्दा रक्सी पिउने गरेको दृश्यहरू धेरै देख्ने गरिन्छ । यो सोच फिल्मबाट आम मानिसमा फैलिएको छ र यो विलासिताको अनुभूति गर्न मानिसहरु उडानमा रक्सी पिउन थालेका छन् । यसको चलन बिस्तारै बढ्दै गएको छ तर के तपाईलाई थाहा छ यो कत्तिको खतरनाक साबित हुन सक्छ ? धेरै अध्ययनहरूले औंल्याइरहेका छन् कि उडानमा रक्सी पिउने धेरै गम्भीर स्वास्थ्य समस्याहरू हुन सक्छ। मेडिकल जर्नल थोराक्समा हालै प्रकाशित एक अध्ययनअनुसार…

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेको नदीमा बाढीको जोखिम रहेको जनाएको छ । सोमबार बिहानको बुलेटिन अनुसार काठमाडौंसहित देशका केही नदी तथा खोलामा बाढीको जोखिम देखिएको हो । देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आकस्मिक बहावको जोखिम रहेको हो । काठमाडौं, ललितपुर, भक्तपुर, ओखलढुंगा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र गोरखा भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेको हो । त्यस्तै, संखुवासभा, खोटाङ, धनुषा, महोत्तरी, सर्लाही, रोल्पा, सल्यान, सुर्खेत, वर्दिया, दार्चुला र आसपासका जिल्ला भर्एर बहने केही नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान छ । यसबाहेक लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्यादी, स्याङजा,…

Read More

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएकी छन् । आइतबारदेखि सुरु भएको उनको पाँच दिने भ्रमणको दोस्रो दिन उनले प्रधानमन्त्रीसँग भेट गर्न लागेकी हुन् । भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा दिल्ली गएकी उनले यही समय किन भारत भ्रमण रोजिन् भन्ने चर्चाको विषय बनेको छ । अझ रोचक कुरा त के छ भने अन्य परराष्ट्रमन्त्रीको भन्दा आरजु राणाको पालामा भारतले परराष्ट्रमन्त्रीलाई गर्ने स्वागतको शैली धेरै फरक थियो । उनलाई उच्च सुरक्षाकाबीच भारतले स्वागत गरेको थियो । आरजु राणाले तीन वर्षअघि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई राखी बाँधेर दिदीभाइको सम्बन्ध…

Read More

काठमाडौं । काठमाडौंको वाल्मीकि क्याम्पसका ज्योतिषाचार्य परिषद्को बैठकले सोमबार रक्षाबन्धनमा कुनै बाधा नरहेको निष्कर्ष निकालेको छ । जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहसका बीच बैठकले यस्तो निष्कर्ष निकालेको हो । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिताशास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको एक प्राध्यापकहरूले जानकारी दिएका छन् । विज्ञहरूका अनुसार कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हँुदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ । ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ–  …

Read More

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने…

Read More

काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेलविरूद्ध युवराज सफलले उजुरी गरेका छन् । रवि लामिछानेको मुद्दामा चर्चित बनेका सफलले खरेलविरुद्ध भने अख्तियारमा उजुरी गरेका हुन् । युवराज सफलले खरेलविरूद्ध नक्कली सुराकी खडा गरी कमिसन लिएको दाबी गरी अख्तियारको टंगालस्थित मुख्यालयमा उजुरी दिएका छन्। यसअघि खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध उजुरी हालेका थिए । तिनै खरेलविरुद्ध २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवं सुराकी कमिसनबापत भुक्तानी गरिएको रकमको विवरणका साथै त्यस्तो रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई अनुसन्धान गर्नुपर्ने उजुरीमा भनेका छन्। खरेलले श्रीमतीका नाममा सुराकी खर्च लिएको कुरा विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा स्वीकार गरेका छन्।…

Read More

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ३४ अंकले घटेर २९६६ अंकमा झरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कु छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ । अब सेयर बजार एकैपटक बुधबार मात्रै खुल्ने भएको छ । भोलि सोमबार जनैपूर्णिमा बिदा र मंगलबार गाईजात्राका कारण उपत्यका बिदा भएका कारण…

Read More

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख ले संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ । यही भदौ १ गतेको निर्णयअनुसार भदौ ५ गतेदेखि क्षेत्रभित्र पर्ने सबै वडामा सुदृढीकरण अभियान लिएर जान लागिएको प्रदेश ४ ख कार्यसमितिका सचिव मनोज सिग्देलले जानकारी दिए। शनिबारको बैठकको निर्णयानुसार प्रदेश ख का सभापति रामप्रसाद लुइँटेलले बुनपा वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ का वडा सभापतिहरूलाई सम्बोधन गरी पठाएको पत्रमा सुदृढीकरण अभियानमा अन्तर्गत् भेटघाट कार्यक्रमका लागि आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । यो अभियान तीन महिनासम्म चल्ने जनाइएको छ । यो अभियानमा विभिन्न वडामा देखिएका समस्याको जानकारी…

Read More

काठमाडौं । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि एउटा समूहले उम्मेदवारी घोषणा गरेको छ । आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । सो समूहबाट अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट  वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी दिने भएका छन् । साथै, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी…

Read More