काठमाडौं खबर भदौ २, २०८१
काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेलविरूद्ध युवराज सफलले उजुरी गरेका छन् । रवि लामिछानेको मुद्दामा चर्चित बनेका सफलले खरेलविरुद्ध भने अख्तियारमा उजुरी गरेका हुन् । युवराज सफलले खरेलविरूद्ध नक्कली सुराकी खडा गरी कमिसन लिएको दाबी गरी अख्तियारको टंगालस्थित मुख्यालयमा उजुरी दिएका छन्।
यसअघि खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध उजुरी हालेका थिए । तिनै खरेलविरुद्ध २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवं सुराकी कमिसनबापत भुक्तानी गरिएको रकमको विवरणका साथै त्यस्तो रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई अनुसन्धान गर्नुपर्ने उजुरीमा भनेका छन्।
खरेलले श्रीमतीका नाममा सुराकी खर्च लिएको कुरा विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा स्वीकार गरेका छन्।