काठमाडौं खबर भदौ ३, २०८१
काठमाडौं । पाटन दरबार क्षेत्रसँग जोडिएका सडकखण्डमा पार्किङ निषेध गरिएको छ । आइतबार एक सूचना जारी गर्दै ललितपुर महानगरपालिकाले दरबार क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडक खण्ड र मंगलबजार–ईटी लगनखेल सडक खण्डमा सवारीसाधन (दुई पाङ्ग्रे) पार्किङ निषेध गरिएको छ ।
महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आइतबार सूचना जारी गर्दै सबै पार्किङ निषेध गरेको जनाएकी हुन् ।
महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले उक्त सडक खण्डको अधिकांश स्थानमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ भइरहेको जनाएका छन् भने केही स्थानमा चार पाङ्ग्रे पनि भइरहेको छ ।