काठमाडौं । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने…
Author: Kathmandu Khabar
काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । एक धागो उद्योगमा झण्डै ४ बजेबाट सुरु भएको आगलागी राति पौने ८ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी करिब १०० जना सुरक्षाकर्मी खटिएका थिए । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजे आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो ।
काठमाडौं । रमेश विकलको समग्र कथा, उपन्यास र नाटकखण्डको लोककार्पण भएको छ । शुक्रबार जोरपाटीमा भएको एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले सो कृति लोकार्पण गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाको पहलमा आयोजित सो कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानले प्रकाशन गरेका तीनवटा संग्रह सार्वजनिक गरिएको हो । कार्यक्रममा रमेश विकलका कथाहरूको साहित्यकार हेमनाथ उपाध्यायले, नाटक र एकाङ्गीहरूको शार्दुल भट्टराई र उपन्यासहरूको गोपीनाथ मैनालीले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै मेयर रिसालले प्रसिद्ध साहित्यकारको जन्म र कर्मभूमि गोकर्णेश्वर नगरपालिकामा हुनु नगरवासीको लागि गर्वको कुरा रहेको बताए । प्रमुख रिसालले प्रतिष्ठानसँगको सहकार्यमा यस्तो कार्यक्रम गर्न दिएकोमा धन्यवाद ज्ञापन गर्दै…
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा भीषण आगलागी भएको छ । शुक्रबार अपराह्न करिब ४ बजेतिरबाट आगलागी सुरु भएको स्थानीयले जनाएका छन् । गोकर्णेश्वर नगरपालिकाको २ नं वडाको नयाँपाटीमा रहेको धागो उद्योगमा आगलागी भएको स्थानीयले जनाएका छन् । अहिले आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । साथै, आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी करिब १०० जना सुरक्षाकर्मी खटिएका छन्। क्षतिको विवरण आउन बाँकी छ । आगलागी ओलढुंगाको लिखु गाउँपालिका–४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना वुल क्राडिङ प्रालि कारखानामा भएको हो ।
काठमाडौं । बुढानीलकण्ठको वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई र पाँच दलीय संयन्त्रबीच विद्यमान फोहोर व्यवस्थापनको सम्बन्धमा तीन बुँदे सहमति भएको छ । शुक्रबार वडाध्यक्षको मनपरीविरुद्ध बाक्लो संख्यामा प्रदर्शनमा उत्रिएका पाँच दलीय संयन्त्रका प्रतिनिधि एवं स्थानीयले केहीबेर प्रदर्शन गरेपछि वडाध्यक्ष भट्टराई वार्ता र सहमतिका लागि तयार भएका थिए । पछि संयन्त्रका प्रतिनिधि एवं स्थानीय र वडाध्यक्षबीच समस्या समाधानको विषयमा तीन बुँदे सहमति भएको संयन्त्रका सचिव मनोज सिग्देलले जानकारी दिए । सहमतिसँगै अहिलेका लागि सो वडामा यो आन्दोलन स्थगित गरिएको सिग्देलले जानकारी दिए । सहमतिअनुसार अब वडा नं १२ का स्थानीयले फोहोर व्यवस्थापन शुल्कबापत प्रतिघर प्रतिमहिना २५० रुपैयाँभन्दा बढी शुल्क…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले हवाई सुरक्षाबारे सुझाव पेश गरेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले शुक्रबार इमेलमार्फत् सुझाव पेश गरेकी हुन् । उनले मन्त्रालयमा पठाएको सुझावालाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् । साथै, उनले यसका लागि संसद्का दुई ठूला दल मिलेर बनेको सरकारका प्रधानमन्त्री र पर्यटनमन्त्रीको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिने बताएकी छिन्। ‘तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन,’ उनले…
काठमाडौं । साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को असाधारण सत्रमा भाग लिएको एक दिनपछि इरानका कार्यवाहक विदेशमन्त्री अली बघेरीले इजरायलविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएका छन् । बिहीबार पत्रकार सम्मेलनमा भने ‘तेहरानमा यहुदीहरूले जुन कृत्य गरेका छन् त्यो रणनीतिक गल्ती थियो किनभने उनीहरूले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ ।’ हमास नेताको हत्या इजरायलको महँगो ‘रणनीतिक गल्ती’ भन्दै इजरायलले यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएको हो । गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेको आरोप इरानले इजरायललाई लगाएको छ । उनको हत्यापछि मध्यपूर्वमा अहिले तनाव उत्पन्न भइरहेको छ । इजरायलले हानियाको मृत्युप्रति कुनै टिप्पणी नगरेको भए पनि…
काठमाडौं । आज नाग पञ्चमी विशेष पूजा गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पञ्चमीको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खिर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि…
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र १२ नं वडाध्यक्षको मनपरीविरुद्धको १२ नं वडा कार्यालयमा हुने प्रदर्शनमा सहभागी हुन पाँच दलीय संयन्त्रले आह्वान गरेको छ । संयन्त्रको बिहीबार बसेको बैठकले शुक्रबार बिहान वडाध्यक्षको मनपरीविरुद्धको खबरदारी प्रदर्शनमा सहभागी हुन आह्वान गर्ने पाँच दलीय संयन्त्रले निर्णय गरेको हो । नेपाली काँग्रेसको पहलमा बसेको संयन्त्रको बैठकमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले उपभोक्ता अधिकार हनन् गर्दै आर्थिक भार थप्ने वडाध्यक्षहरुको निर्णयको विरुद्ध प्रदर्शन गर्नुको विकल्प नभएको भन्दै उनीहरुले सबैलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् । बैठकले यसअघि…
काठमाडौं । हिन्दु धर्ममा नागको बारेमा विशेष उल्लेख गरिएको पाइन्छ । ग्रन्थ, शास्त्र र पुराणमा पनि नाग लोकको उल्लेख गरिएको छ । साथै नाग पञ्चमी पर्व पनि मनाउने बारेमा पनि उल्लेख गरिएको छ । सनातन धर्ममा नागको ठूलो महत्व छ भन्नु गलत हुनेछैन र यससँग सम्बन्धित कथाहरु पनि निकै रोचक छन् । आज हामी तपाईलाई हिन्दू धर्मका पाँच अति शक्तिशाली र खतरनाक विषालु सर्पको बारेमा बताउन गइरहेका छौँ । शास्त्रमा शेषनाग, वासुकी नाग, तक्षक नाग, कर्कोटक नाग र कालिया नागलाई श्रेष्ठ मानिएको छ । आफ्नो शक्तिको नशामा यी नागहरूले भगवानलाई समेत चुनौती दिएको बताइन्छ । यद्यपि, भगवानलाई जित्न त मुस्किल…
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र १२ का वडाध्यक्षलाई पाँच दलीय संयन्त्रले १४ घण्टे अल्टिमेटम दिएको छ । बिहीबार नेपाली काँग्रेसको बुढानीलकण्ठ नगर कार्यसमितिका सभापति राजाराम बुढाथोकीको अध्यक्षतामा बसेको पाँच दलीय प्रतिनिधिहरुको बैठकले फोहोर व्यवस्थापनको नाममा गरिएको मनपरी फिर्ता लिन १४ घण्टे अल्टिमेटम दिएको हो । यसअघि फोहोर व्यवस्थापनमा स्थानीयले तिर्दै आएको शुल्कको झण्डै दोब्बर हुने गरी नयाँ कम्पनीलाई ठेक्का दिएर उपभोक्तामाथि आर्थिक भार थपेका दुई वडाध्यक्षहरुले अहिले पुरानो फोहोर संकलन संस्थाको गाडी नियन्त्रणमा लिने, धरपकड गर्ने गरेकोप्रति ध्यानाकर्षण जनाउँदै शुक्रबार बिहानसम्म नियन्त्रणमा लिएका गाडी नियन्त्रणमुक्त गरेर निर्वाध फोहोर उठाउन नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको तीव्र दबाबलाई कम गर्न २०८४ सम्म प्रधानमन्त्रीको चक्करमा नलाग्ने घोषणा गरेका छन् । सत्ताको चक्करमा लाग्दा पार्टी कमजोर भएको र जहिलै पनि अरूको सहारा लिएर हिँड्नुपरेको भन्ने पार्टीभित्रको प्रश्नका बीच बुधबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताए । तर, २०८४ पछि एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोचिने उनले बताए । ‘भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेला सोचौंला’, प्रचण्डले…
काठमाडौं । नेपाली काँग्रेस नेता एवं पर्यटनमन्त्री बद्री पाण्डेले हवाई सुरक्षाको प्रभावकारी उपाय खोज्ने भन्दै एक साताको कार्यक्रम रद्द गरेका छन् । १५ दिनको बीचमा दुईवटा विमान दुर्घटना भएपछि उनले बुधबार राति एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको सम्पूर्ण शक्ति लगाएर उपाय खोज्ने बताएका हुन् । उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गर्ने पनि जानकारी दिए । उनले विज्ञप्तिमा अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गरे।…
काठमाडौं । नेपाली कांग्रेसका जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिले बुढानीलकण्ठको वडा नं २ र १३ को मनसुनजन्य विपद् प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । बिहीबार बिहान नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख को आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मीना पराजुलीलगायत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम गत जेठ २८ गतेदेखि हालसम्म परेको पानी र सोबाट उत्पन्न मनसुनजन्य विपद्का घटनाहरूको बारेमा जानकारी लिँदै त्यसको समाधानका लागि पहल गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजक नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख कार्यसमितिका सचिव मनोज सिग्देलले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि एवं पार्टी प्रतिनिधिहरूले सो क्षेत्रमा…
काठमाडौं । चन्द्रागिरि नगरपालिकावासीलाई रेडक्रस सोसाइटीले थप तीन वर्षसम्म नि:शुल्क उपलब्ध गराउने भएको छ । बुधबार स्थायी बासिन्दालाई नि:शुल्क रगत उपलब्ध गराउने विषयमा नगर प्रमुख घनश्याम गिरी र सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ताले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघिदेखि नै जारी रहेको सो व्यवस्थालाई थप तीन वर्षका लागि नवीकरण गरिएको नगरपालिकाले जनाएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो । उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । गत दुई वर्षमा करिब…
काठमाडौं । आर्थिक मन्दीले मुलुक टाट पल्टिएपछि श्रीलंकाली नागरिक गोजीमा पैसा हुँदा पनि पेटभर खान नपाउने अवस्थामा पुगेपछि आन्दोलन गरेर पत्ता परिवर्तन गरेको श्रीलंकामा फेरि पुरानै अनुहार चुनावमा उत्रिएका छन् । सन् २०२२ मा आर्थिक स्थिति अति दयनीय भएपछि आन्दोलनबाट देशै छाड्न बाध्य पारेका राष्ट्रपति गोटाबय राजापाक्षेकै मन्त्रिपरिषद्का सदस्य एवं पारिवारिक साइनो भएका अर्का व्यक्तिलाई सत्तारुढ दलले राष्ट्रपतिको उम्मेदवार बनाएको छ । श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ । श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल…
काठमाडौं । टर्किस एयरको विमान एकाबिहानै ओभरसुट गर्नुपरेको छ । स्तनबुलबाट आएको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको हो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । मिस एप्रोच भनेको सही बाटो चिन्न नसक्नु हो । धावनमार्गमै आएपछि पनि सही बाटो चिन्न नसकेपछि विमान चालकले सम्भावित दुर्घटनाबाट जोगाउन ओभरसुट गर्ने गर्छन् । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले…
काठमाडौं । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए । आयोगको सदस्यमा एरोनोटिकल इञ्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव (प्राविधिक) तनुजा पोखरेल छन् । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । बैठकले हेलिकप्टर दुर्घटनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । हेलिकप्टर दुर्घटनामा मृत्युभएका सबै यात्रु चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको मन्त्री…
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाललाई हराउँदै भारतले उपाधि जितेको छ । घरेलु मैदान त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनल खेलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट उपाधि जितेको हो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।…
काठमाडौं । बाढी पहिरोमा परी मंगलबार मात्रै ११ जनाको ज्यान गएको छ । सरकारी तथ्यांक अनुसार मंगलबारको यो तथ्यांकसँगै हालसम्म बाढी, पहिरोलगायतका विपद्मा परी ज्यान गुमाउनेको संख्या एक सय ६५ पुगेको छ । मंगलबार ज्यान गुमाउनेहरू बागलुङ र गुल्मीका रहेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा मानवीय क्षति भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा हालसम्म तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्मा परी आजसम्म एक…
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टेलगायत क्षेत्र पुग्ने कागेश्वरी चक्रपथको बाटो करिब दुई सातादेखि अवरुद्ध भएको छ । काठमाडौंको शंखरापुर र कागेश्वरी नगरपालिका जोड्ने यो चक्रपथ गत साउन ११ गतेको भीषण वर्षापछि गएको पहिरोले अवरुद्ध गराएको हो । शंकरापुरको वडा नं ९ स्थित पासिखेलमा पहिरोले सडक अवरुद्ध भएको हो । सो सडक ५० मिटर भासिएर उक्त सडकखण्ड अवरुद्ध भएको हो । सो सडकखण्डबाट शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ । उक्त सडकखण्डको मंगलबार संघीय सांसद, बागमती प्रदेशका मन्त्री, नगरपालिकाका मेयरलगायतले निरीक्षण गरेका थिए…
काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशभरका ३४ जिल्लामा काठमाडौंबाट छुट्ने रात्रिबस रोकिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने भन्दै ३४ जिल्लामा रात्रि बस नचलाउन भनेको हो । प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने जनाएको छ । भारी वर्षा हुने अनुमान गरिएका जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने भन्दै प्राधिकरणले अति जरुरी पर्दाबाहेक यात्रा नगर्न, नदी किनार र पहिरो जोखिम क्षेत्रका बासिन्दा चनाखो रहन तथा दाउरा निकाल्न र…
काठमाडौं । दुई प्रमुख व्यक्तिको हत्याले इजरायलविरुद्ध बदला लिने इरानलगायत इस्लामिक मुलुकको चेतावनीले मध्यपूर्वमा तनावको स्थिति सिर्जना गरेको छ । इजरायललाई समर्थन गर्दै आएको अमेरिका इरानले इजरायलमाथि आक्रमण गरेको खण्डमा सहयोगी देश इजरायलमाथि समर्थनको दबाबमा छ । जसमा आफ्नो ठूलो शक्ति खर्च हुने भय अमेरिकामाथि छ । उता रुस युक्रेन युद्धमा पनि अमेरिकाले युक्रेनको पक्षबाट ठूलो शक्ति खर्च गरेको छ । अब इजरायलमाथि पनि शक्ति खर्च गर्नुपर्दा अमेरिकालाई नै क्षति हुने जोखिम बढिरहेको छ । रुस युक्रेन युद्ध नरोकिँदै फेरि मध्यपूर्वमा युद्धको जोखिम थपिन थालेपछि अमेरिका राजनीतिकरूपमा फसेको विश्लेषण गर्न थालिएको छ । इरान र हिजबुल्लाहले लगातार आक्रमणको धम्की दिइरहेका…
काठमाडौं । मंगलबार राति बागमती लगायत काठमाडौंका नदी किनारमा बाढी आउन सक्ने भन्दै सचेत रहन मौसम विज्ञान विभागले आग्रह गरेको छ । दिउँसोजस्तै राति पनि भारी वर्षा भएकोले उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको हो । विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौं उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको हो । नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ…
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको मन्दीको असर नेपाली सेयरबजारमा पनि देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भारी अङ्कले गिरावट आएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका बाबजुद नेपाली सेयरबजारमा वृद्धि भए पनि आज भने अन्यत्रजस्तै भारी गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव…
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा पर्ने भीमढुंगा एउटा पुरानो पैदलमार्गमध्येको एक हो । काठमाडौंबाट धादिङ हुँदै पश्चिमतर्फ जाने मूल बाटो नै यहीँबाट सुरु हुने गरेको इतिहास भेटिन्छ । तर यसको इतिहास मध्यकाल र आधुनिककालमा मात्रै सीमित छैन । यो काठमाडौंमा पानी जमेर जलमग्न भएको अवस्थादेखि नै यसको इतिहास सुरु भएको देखिन्छ । यस ठाउँको नाम भीमढुङ्गा कसरी रहन गयो भन्ने बारेमा पनि रोचक पौराणिक किंवदन्ती रहिआएको छ । यस ठाउँको नाम भिमढुङ्गा रहनुमा यहा अवस्थित भिमसेनको मन्दिर र उनले चढ्ने गरेको ढुङ्गाद्धारा निर्मित डुङ्गासँग जोडिएको किंवदन्तीलाई लिने गरिन्छ । प्रचलित किंवदन्तीअनुसार द्धापर युगमा पाँच पाण्डव मध्येका एक भिमसेन एक दिन…
काठमाडौं । नेपाली काँग्रेसको खेलकुद विभागमा उमेशजंग रायमाझी नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको ३७ वटा विभागका विभाग प्रमुख नियुक्त गरेकोमा रायमाझीलाई खेलकुदको जिम्मा दिएका हुन् । सोमबार सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।
काठमाडौं । मध्यपूर्वमा युद्धको आशंका बढेको छ । तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशङ्का बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग सङ्कट वार्ता गरेका छन् । मध्यपूर्वमा अवस्थालाई पूर्णरूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोन वार्ता गरेका छन् । इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिन सक्ने रिपोर्टहरूले सुझाव दिएपछि संयुक्त राज्य अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकू जेट र युद्धक विमानहरू तैनाथ गरेको छ । विलमिङ्टन, डेलावेयरमा आफ्नो घरबाट एक साताको फिर्तीपछि बाइडेन ‘मध्यपूर्वमा घटनाक्रमहरूका बारेमा छलफल गर्न’ ह्वाइट…
काठमाडौं । आज काठमाडौंमा दिनभरि र रातभरि भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको आजको बुलेटिनअनुसार दिनभरि र रातभरि भारी वर्षाको सम्भावना रहेको देखिएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको छ । देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । उपत्यकाको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर साधारणतया बदली रहने बागमती प्रदेशका थोरै स्थानहरूमा भारी…
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको ३७ वटा विभागका विभाग प्रमुख नियुक्त गरेका छन् । सोमबार सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् । नयाँ मनोनयन अनुसार शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभागमा डा चन्द्रमोहन यादव स्वास्थ्य विभागमा नियुक्त भएका छन् ।देउवाले नियुक्त गरेका अन्य विभागीय प्रमुखहरू निम्नानुसार रहेका छन् ।
