काठमाडौं खबर साउन २४, २०८१
काठमाडौं । टर्किस एयरको विमान एकाबिहानै ओभरसुट गर्नुपरेको छ । स्तनबुलबाट आएको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको हो ।
‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । मिस एप्रोच भनेको सही बाटो चिन्न नसक्नु हो । धावनमार्गमै आएपछि पनि सही बाटो चिन्न नसकेपछि विमान चालकले सम्भावित दुर्घटनाबाट जोगाउन ओभरसुट गर्ने गर्छन् । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ ।
फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।