काठमाडौं खबर साउन २५, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले हवाई सुरक्षाबारे सुझाव पेश गरेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले शुक्रबार इमेलमार्फत् सुझाव पेश गरेकी हुन् । उनले मन्त्रालयमा पठाएको सुझावालाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् ।
साथै, उनले यसका लागि संसद्का दुई ठूला दल मिलेर बनेको सरकारका प्रधानमन्त्री र पर्यटनमन्त्रीको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिने बताएकी छिन्।
‘तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन,’ उनले भनेकी छिन्।
यस्तो छ सुमनाले पठाएको सुझाव