काठमाडौं खबर साउन २२, २०८१
काठमाडौं । आज काठमाडौंमा दिनभरि र रातभरि भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको आजको बुलेटिनअनुसार दिनभरि र रातभरि भारी वर्षाको सम्भावना रहेको देखिएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको छ ।
देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । उपत्यकाको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति देशभर साधारणतया बदली रहने बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उपत्यकाभित्र अति भारी वर्षाको पनि सम्भावना रहको छ ।