काठमाडौं खबर साउन २२, २०८१
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको ३७ वटा विभागका विभाग प्रमुख नियुक्त गरेका छन् । सोमबार सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।
नयाँ मनोनयन अनुसार शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभागमा डा चन्द्रमोहन यादव स्वास्थ्य विभागमा नियुक्त भएका छन् ।देउवाले नियुक्त गरेका अन्य विभागीय प्रमुखहरू निम्नानुसार रहेका छन् ।