काठमाडौं खबर साउन २४, २०८१
काठमाडौं । आर्थिक मन्दीले मुलुक टाट पल्टिएपछि श्रीलंकाली नागरिक गोजीमा पैसा हुँदा पनि पेटभर खान नपाउने अवस्थामा पुगेपछि आन्दोलन गरेर पत्ता परिवर्तन गरेको श्रीलंकामा फेरि पुरानै अनुहार चुनावमा उत्रिएका छन् । सन् २०२२ मा आर्थिक स्थिति अति दयनीय भएपछि आन्दोलनबाट देशै छाड्न बाध्य पारेका राष्ट्रपति गोटाबय राजापाक्षेकै मन्त्रिपरिषद्का सदस्य एवं पारिवारिक साइनो भएका अर्का व्यक्तिलाई सत्तारुढ दलले राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ । श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।
पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका उनको कार्यकाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो । उनका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा विजय भएका थिए भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उनलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।
एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।