काठमाडौं । विश्वभरको सेयर बजारमा भारी गिरावट आइरहँदा नेपालको सेयर बजारमा भने भारी वृद्धि भएको छ । अमेरिकी बजारमा मन्दीको संकेत देखिएको भन्दै जापान, भारत लगायत देशको सेयर बजारमा भारी गिरावट आइरहेको छ । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१…
Author: Kathmandu Khabar
नयाँ दिल्ली: बंगलादेशमा हिंसात्मक प्रदर्शन नियन्त्रण बाहिर गएको छ। प्रदर्शनकारीहरु ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । यसैबीच, प्रधानमन्त्री शेख हसिनाले ढाका छोडेकी छन् । शेख हसिनाले पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । उनी भारतमा शरण लिने बताइएको छ । विद्यार्थी प्रदर्शनबाट सुरु भएको आन्दोलन कसरी यति बढ्यो कि शेख हसिनाले बंगलादेश छोड्नुपर्यो । शेख हसिना ब्याकफुटमा आउनुका ५ ठूला कारण यस्तो छ। १. आरक्षणविरोधी आन्दोलन बंगलादेशमा सरकारी जागिरमा आरक्षणलाई लिएर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए । यो प्रदर्शन केही बेरमै हिंसात्मक बन्यो । स्वतन्त्रता सेनानीका सन्तानलाई दिइने ३० प्रतिशत आरक्षणलाई लिएर विवाद छ । योग्यताका आधारमा सरकारी जागिर…
काठमाडौं । बंगलादेशमा बढ्दो आरक्षण विरोधी हिंसाले उग्र रुप लिन थालेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएकी छन् । उनको राजीनामापछि बंगलादेशको सेनाले जिम्मेवारी लिएको छ र प्रदर्शनकारीलाई शान्ति कायम राख्न अपिल गरेको छ। शेख हसिना सरकारले लागू गरेको विवादास्पद आरक्षणको विरोधमा बंगलादेशी विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। यसको विरोधमा भएको झडपमा हालसम्म तीन सयभन्दा बढीको ज्यान गएको छ, जसमध्ये पछिल्लो २४ घण्टामा सयभन्दा बढीको मृत्यु भएको छ । शेख हसिना विदेश पलायन भएपछि बंगलादेशी सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । भारतको आकाशमा शेख हसिनाको विमान बंगलादेश छोडेपछि शेख हसिना अहिले भारतमा शरण लिन पुगेकी…
काठमाडौं । आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको बताइएको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसाे सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोसी र बागमती प्रदेशका एकदुई स्थानमा दिउँसाे भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली रहने विभागको अनुमान छ।
काठमाडौं । एक पटक स्थापना गरेर बेकामी बनेपछि लगभग बन्दको अवस्थामा पुगेको पानीजहाज प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि प्राथमिकतामा परेको छ । मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने भन्दै यसलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीले आइतबार सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न…
काठमाडौं । काठमाडौंको कोलाहल र प्रदूषणबाट केही समय विश्राम लिन चाहनेहरूका लागि काठमाडौं उपत्यकाकै आसपासका क्षेत्र मनोरम र आकर्षक हुन सक्छन् । सांस्कृतिक एवं प्राकृतिक हिसाबले समेत आकर्षक यी स्थलहरू आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण हुने गर्दछ । अन्य विभिन्न पालिकामध्ये तारकेश्वर नगरपालिका काठमाडौंका आकर्षक नगरपालिकामध्ये एक हो । मनमैजु र फुटुङजस्ता ऐतिहासिक स्थलहरूका साथै तारकेश्वर मन्दिरजस्ता कैयौं महत्वपूर्ण सम्पदा, परम्परा एवम् जात्रा संरक्षण र सम्बद्र्धन गर्न नगरपालिकाले विशेष योजनासहित काम अघि बढाउँदै आएको छ । यी सांस्कृतिक स्थलहरूलाई जोड्दै प्राकृतिक सुन्दरताको समेत स्वाद चखाउन पालिकाले गुरुयोजना नै तयार पारेर पर्यटकीय पदमार्गसमेत निर्धारण गरेको पालिकाले जनाएको छ । आन्तरिक…
काठमाडौं । एक महिनासम्म मनाइने गुँला पर्व आजबाट सुरु भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै घर नजिकै रहेको बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्वतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू…
काठमाडौं । तनाव चर्किरहेको बेला बंगलादेशमा आजदेखि नागरिक अवज्ञा सुरु भएको छ । प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका हुन् । करिब २०० भन्दा धेरैको ज्यान गइसक्दा पनि देशमा तनाव रोकिएको छैन । गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा धेरै हिंसा भएको महिनाका रूपमा हेरिएको छ । प्रारम्भिक विरोध प्रदर्शनको आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले समर्थक तथा शुभचिन्तकलाई आइतबारदेखि देशव्यापीरूपमा असहयोग आन्दोलन सुरु गर्न आग्रह गरेको हो । केही समयका लागि सैनिक तैनाथीले सुव्यवस्था कायम गरेपनि मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा नमाज प्रार्थनापछि ठूलो सङ्ख्यामा भीड सडकमा…
काठमाडौं । नेपाली कांग्रेसका जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिले बुढानीलकण्ठको ११ नं वडाको पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । शनिबार नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख को आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मीना पराजुलीलगायत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यम्रममा उक्त वडाको ५ ठाउँमा गएको पहिरोको अवलोकन र प्रभावित व्यक्तिहरूसँग छलफलपछि सहभागी प्रतिनिधिहरूले पहिरो प्रभावितलाई राहत र पुनर्स्थापनाका लागि यथाशक्य चाँडो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख का सचिव मनोज सिग्देलले जानकारी दिए । उनका अनुसार सहभागी प्रतिनिधिहरूले पालिका, प्रदेश र केन्द्रमा समेत आवश्यक पहल…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र बागमति प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्का सम्मानित भएका छन् । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिले शनिबार होटल अमुप्रस्थ इभेन्ट्समा आयोजना गरेको कार्यक्रममा दुई मन्त्रीलाई सम्मान गरिएको नगर कार्यसमिति सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमन्त्री पौडेल काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सांसद हुन् भने खड्का क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद एवं मन्त्री छन् । कार्यक्रममा नगरसभापति राजाराम बुढाथोकीले सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा सम्मानपछि बोल्दै पौडेल र खड्काले पार्टीको नगर समितिले गरेको सम्मानले आफ्नो जिम्मेवारी र कर्तव्यबारे सचेत रहने प्रतिबद्धता व्यक्त…
काठमाडौं । गुगलले एक क्लिकमा फोटो इडिट गर्न सकिने गरी नयाँ सुविधा थपेको छ । गुगलले प्रयोगकर्ताको अनुभव सुधार गर्न र तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको हो । यो मुख्य अपडेटमध्ये गुगलमा सङ्कलित गरिएका तस्बिरहरू सम्पादन गर्न छिटो र सजिलो तरिकाको परिचय हो । उक्त कम्पनीले नयाँ सम्पादनको विकल्पका लागि सुविधा सुनिश्चित गरेको छ । यसले प्रयोगकर्ताहरूलाई केवल एक क्लिकमा तस्बिर सम्पादन उपकरणहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्छ । यी सुविधाहरू विशेष गरी पुराना फोटो साझा गर्ने वा व्यवस्थित सम्पादन प्रविधिहरूको आनन्द लिने प्रयोगकर्ताहरूका लागि उपयोगी हुने गुगलले जनाएको छ । यी अपडेटहरूले…
काठमाडौं । आज जावलाखेलमा भूत, प्रेतलाई खाना दिएर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुँदैछ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउँदै जात्रा मनाउन लागिएको हो । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज…
काठमाडौं । गोकर्णेश्वर क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न मन्त्री, सांसद र नगरपालिकाका मेयरले माग गरेका छन् । शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं. ८ एकाई कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा उनले उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिए । पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना…
काठमाडौं । काठमाडौंको टोखामा हालसम्म ८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले शनिबार सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार यो संख्यामा संक्रमण भएको हो । योसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव…
काठमाडौं । सन १४२८ देखि १४८२ सम्म यस नेपाल मण्डलमा राजा यक्ष मल्लले राज्य गरेका थिए । राजा यक्ष मल्ल नै यस संयुक्त नेपाल मण्डलका अन्तिम राजा थिए । उनको शासनपश्चात आफ्नो राज्य आफ्ना छोराहरुमा अंशबण्डा गरेका थिए । आफ्ना छोराहरु तथा एक छोरीलाई समेत राज्यको हिस्सा दिएका थिए । उनै राजा यक्ष मल्ल एक धर्मात्मा राजा थिए । उनी भगवान पशुपतिनाथका परम भक्त थिए । उनी दिनहुँ हालको पशुपतिनाथको दर्शन गर्न जाने र अनि मात्र आफ्नो राजकीय कार्यको थालनी गर्थे । एकदिन (असार महिनाको दिन) नदीमा ठूलो बाढी आएका कारण उनले भगवान पशुपतिनाथको दर्शन गर्न सकेनन् । त्यो दिन…
काठमाडौं । शनिबारदेखि पशुपतिको कोटिहोममा चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजको प्रवचन सुरु हुने भएको छ । कथावाचक अनिरुद्धाचार्यले पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आशीर्वचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजले जानकारी दिए । मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्न लागेका हुन् । भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाएको आयोजकले जनाएको छ । धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहेका अनिरुद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुनेगरेको बताइएको छ । आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं…
काठमाडौं । दोलखा भीमसेन मन्दिरमा यसपालि आएको पसिना पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाएको पुष्टि भएको छ । गत साउन ५ गते भीमेश्वर मन्दिरको शिलामा पसिना आएको थियो । पसिना आएपछि राज्यमा अनिष्ट हुने भन्दै क्षमा पूजा गर्ने चलन छ । यसपालिको पसिना पुछेको कपास पूर्वराजा ज्ञानेन्द्रलाई पठाएपछि शाहको तर्फबाट उनका प्रतिनिधिले शुक्रबार मन्दिरमा क्षमा पूजा गरेका हुन्। राजनीतिक रूपमा राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति रहे पनि सांस्कृतिक रूपमा राजा नै राष्ट्र प्रमुख रहने भन्दै यसपालि ज्ञानेन्द्रलाई पसिना पठाइएको हो । पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ। यसपटक पसिना पुछेको कपास राष्ट्र प्रमुखका…
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि पूर्व पर्यटनमन्त्री प्रेम आले उपेक्षामा परेका छन् । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमै नपरेपछि उनी उपेक्षामा परेका हुन् । शुक्रबार पार्टीले तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा सार्वजनिक गरेको थियो । गत असार १८ मा सम्पन्न महाधिवेशनले साविक पोलिट्ब्युरो र प्रदेश अध्यक्षहरू समेटेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । शुक्रबार २ सय ५१ जना थपेर ३ सय ४४ पुर्याउँदा पनि आलेको नाम नसमेटिएको हो । असार १६ देखि १८ सम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो। त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिट्ब्युरोका…
काठमाडौं । सिनामंगलको एक होटलमा एक युवक र युवतीको शव भेटिएको छ । शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा विगत तीन दिनदेखि बसोबास गर्दै आएका उनीहरूको घाँटी रेटिएको र झुण्डिएको अवस्थामा शव फेला परेको हो । मृतक दुवैजना बाजुराको त्रिवेणी नगरपालिकाका हुन् । मृत्यु हुने २३ वर्षीय भरतबहादुर सार्कीको झुण्डिएर र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्कीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । कोठा नम्बर ४०२ मा बस्दै आएका उनीहरू शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि गेस्ट हाउसका कर्मचारी बोलाउन गएका थिए।
काठमाडौं । विश्व स्वास्थ्य संगठनले युरोपमा गर्मीका कारण वार्षिक एक लाख ७५ हजार जनाको ज्यान जाने गरेको रिपोर्ट सार्वजनिक गरेको छ । तीव्र गतिमा तापक्रम बढिरहेको युरोपमा गर्मीका कारण मृत्यु हुनेको संख्या बढेको डब्लुएचओको युरोपेली शाखाले बिहीबार जनाएको हो । डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ । स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्य एसियाका केही देशहरू…
काठमाडौं । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । सेतो मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ । सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ । अर्थात् आइतबार भोटो देखाइने छ । जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने…
काठमाडौं । काठमाडौंमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव जित्ने एक मात्र एमाले उम्मेदवार बनेका कृष्णगोपाल श्रेष्ठले यस पटक पनि प्रदेश इन्चार्जको जिम्मेवारी पाएनन् । उनले चाहना राखेदेखि नै तीन जनाभन्दा धेरैले इन्चार्जको जिम्मेवारी पाइसक्दा पनि उनलाई भने सधैं उपेक्षा गरिँदै आइएको छ । यसपटक पनि सचिवालय बैठकमा धेरै पदाधिकारीहरूले श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने भनिए पनि अन्तिममा राजन भट्टराईलाई इन्चार्ज तोकिएपछि काठमाडौंको कोर एरियाका एमालेहरू रुष्ट बनेका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये काठमाडौं ९ एउटामा मात्रै एमाले उम्मेदवारले चुनाव जितेर एमालेको इज्जत जोगाएका थिए । लामो समय पार्टीमा योगदान दिएका उनलाई पछिल्लो समय ओलीले भने उपेक्षा गरेका थिए । एउटा भाषणमै कृष्णगोपालले…
काठमाडौं । आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल । राजधानीको भित्री सहरका नेवारी समुदायले चाडपर्वमध्येको सबैभन्दा जेठो पर्वको रूपमा मनाउने गरिन्छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ…
काठमाडौं । यो वर्षाको समयमा मनसुनजन्य विपत्तिमा परेर १४८ जनाको ज्यान गएको छ । गत जेठ २८ गतेदेखि हालसम्म काठमाडौं उपत्यकामा १० सहित देशभर एक सय ४८ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो । उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा…
ललितपुर । वर्षा र सहकालका देवताका रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको छ । बिहीबार रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ । अर्थात् आइतबार भोटो देखाइने छ । जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् । हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने…
काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न पदहरूमा जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार राजधानीमा आयोजित एमाले सचिवालय बैठकले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको हो । बैठकले ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ । एमालेको आजको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो । यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानिय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष…
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशको इन्चार्जको जिम्मा काठमाडौं क्षेत्र नं ४ का सांसदका उम्मेदवार डा राजन भट्टराईलाई दिएको छ । नेकपा एमालेको बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले नेताहरुको नयाँ जिम्मेवारीसँगै केही मनोनयन समेत गरेको छ । जसमा सातै प्रदेशको इन्चार्ज तोकिएको छ । यसअघि बागमती प्रदेश इन्चार्ज रहेका गुरुप्रसाद बराललाई एमालेले केन्द्रीय उपाध्यक्षमा बढुवा गरेको छ । गत वर्ष सुवास नेम्वाङको निधन भएपछि एउटा उपाध्यक्ष पद रिक्त थियो । त्यही उपाध्यक्ष पदमा बराललाई मनोनयन गरिएको हो । यसअघि बरालले स्थायी कमिटी सदस्यको हैसियतमै बागमती इन्चार्जको जिम्मेवारी पाएका थिए । बागमती प्रदेशको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठको चाहना थियो, प्रस्ताव र…
काठमाडौं । कपन खहरेको सम्बन्धमा ध्यानाकर्षण गराउन काठमाडौं क्षेत्र नं ४ सांसद कार्यालयको टोली डेलिगेसनमा गएको छ । बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणमा सांसद कार्यालयका प्रतिनिधिहरूको नेतृत्वमा गएको टोलीले सो क्षेत्रको काम छिटो सम्पन्न गर्न र पछिल्लो समयको बाढीले बाटोमा पुर्याएको क्षतिको बारेमा पनि कार्यालयको ध्यानाकर्षण गराएको थियो । बुधबार प्राधिकरणका प्रमुख प्रकाश अर्याललगायत प्राविधिक टोलीसँग लगातार तीन चारदिनदेखि आएको ठूलो बाढीले बाटोमा पुर्याएको क्षति र प्रधिकरणको आगामी योजनाको बारेमा छलफल भएको थियो । भेटमा बाढीका कारण कपन क्षेत्रको सडक हिँड्न नहुने भएको भन्दै त्यसलाई तत्काल हिँड्न हुने बनाउन पनि माग गरेका थिए । जवाफमा प्रमुख अर्यालले आइतबार प्रविधिक पठाएर…
काठमाडौं । अमेरिकामा नयाँ चुनावको माहोल चुलिएको छ । यसपटकको चुनाव यसकारण पनि महत्वपूर्ण छ कि त्यहाँ अहिलेको सत्तारुढ दल डेमोक्रेटिक पार्टीबाट महिला उम्मेदवार कमला ह्यारिस चुनाव लड्दैछिन् । उनको बढ्दो माहोलले उनले अमेरिकाको इतिहासमा नै पहिलो महिला राष्ट्रपति पाउने सम्भावना बढ्दै गएको छ । तर रोचक कुरा के छ भने यदि कमला ह्यारिसले अमेरिकी राष्ट्रपति निर्वाचन जितिन् भने उनले त इतिहास रच्नेछिन् नै उनका पति डग एमहफले पनि इतिहास कायम गर्ने भएका छन् । ह्यारिस संयुक्त राज्य अमेरिकाको करिब साढे दुई शताब्दीको अस्तित्वमा पहिलो महिला राष्ट्रपति बन्न सफल बनिन् भने ५९ वर्षीय वकिल पहिलो फर्स्ट जेन्टलमेन बन्नेछन् । एमहफलाई…
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको पोडेटोलमा दुई टोलबीच झडप भएको छ । धारिलो हतियारसहित दुई पक्षबीच भएको झगडामा एकको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । घटना बुधबार अपराह्नमा भएको थियो । पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी छिमेकीबीच विजाद भएको थियो । त्यसक्रमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुनारीको मृत्यु भएको हो । घटनामा संलग्न १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षका रबिन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारीलाई प्रहरीले पक्राउ गरेको छ । दुई…
