Author: Kathmandu Khabar

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइलको अनुसन्धान अघि बढाउन माग गरेका छन् । शनिबार जोरपाटीमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले यी दुई काण्ड मुलुकका दुई ठूला काण्डहरू भएको भन्दै अनियमितामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंको साधारणसभा कार्यक्रममा उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्नेमा जोड दिए । संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा सांसदहरू सन्तोष चालिसे, विष्णुदेवी…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै सात जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमण भएकाहरूको घर नजिक परीक्षण गर्दा ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको छ । महाशाखाले शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्ने भन्दै हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी रहेको जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले महंगी भत्ता वितरणमा अनियमितता गरेको भेटिएको छ । महालेखा परीक्षकले पटकपटक यसमा सचेत गराउँदा पनि यो अनियमितता नरोकिएको महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा २८ लाख ५६ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ । नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७४ वैशाख १९ को निर्णयअनुसार सबै निकायमा कार्यरत स्वीकृत दरबन्दीभित्र रहेका करार कर्मचारीहरुको सेवा सुविधामा एकरुपता कायम गर्न साविक सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या कानुन १८ । २०७३ | ४७ चलानी नं २१७ मिति २०७४ वैशाख २५ को परिपत्रमा करार कर्मचारीले महंगी भत्ता पाउने उल्लेख गरेको देखिँदैन । पालिकाले करार कर्मचारीहरू इन्जिनियर…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्स भएको आधारमा वित्तीय कालोसूचीमा राख्ने व्यवस्था हटाएको छ । आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो । अहिले तीन पटक चेक बाउन्स भएपछि त्यसलाई वित्तीय कालोसूचीमा राख्ने गरिएको थियो । जसले गर्दा बैंकिङ कारोबार रोक्का हुने डरले पनि कारोबारमा सतर्कता अपनाउने गरिएको थियो ।् अब खातामा पर्याप्त रकम नभएपछि ‘चेक बाउन्स’को आधारमा कालोसूचीमा परेका व्यक्तिहरूलाई कालोसूचीबाट हटाउने तयारी गरिएको हो । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा व्यवस्था गर्दै उनीहरूलाई कालो सूचीमा नराख्ने गरी व्यवस्था गर्न लागिएको हो। मौद्रिक नीतको बुँदा नम्बर ८३ मा उक्त व्यवस्थाबारे भनिएको छ, ‘चेक अनादरलाई मात्र आधार…

Read More

काठमाडौं । रुसमा जन्मदर वृद्धि नहुँदा रुसको भविष्य नै संकटमा परेको भेटिएको छ । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहे पनि त्यसले अपेक्षित नतिजा ल्याउन नसकेको बताएको हो । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको उसको भनाइ छ । राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारहरूलाई उदार भुक्तानी र धितो अनुदानको प्रस्ताव गरे पनि सोभियत कालदेखि मुलुकको जन्मदरमा सुधार हुनसकेको छैन । सोभियत सङ्घको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन् दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीहरूको सामना गर्नुपरेको छ । ‘अहिले यो धेरै न्यून स्तरमा छ अर्थात प्रतिमहिला…

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत्को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले गाइड तथा होटल म्यानेजमेन्ट तालिमका लागि आवेदन माग गरेको छ । शनिबार एक सूचना जारी गरी विभिन्न ५ किसिमका तालिमका लागि आवेदन आह्वान गरेको हो । जसका लागि एसईई वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले आवेदन भर्न सक्ने बताइएको छ । ट्रेकिङ गाइड, ट्रेकिङ पोटर गाइड, बेसिक प्रिपरेसन, बेकरी, बरिस्टा, बारटेन्डिङ तालिमका लागि आवेदन आह्वान गरेको हो । यस्तो छ नाथमले आह्वान गरेको आवेदन ।

Read More

काठमाडौं । वार्षिक सात लाखभन्दा धेरै विदेश जाने गरेको नेपालमा विदेशबाट समेत काम गर्न श्रम स्वीकृति लिएर आउने गरेका छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर श्रम विभागका अनुसार नेपालमा काम गर्नका लागि अमेरिका, अस्ट्रेलिया जस्ता देशबाट समेत श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउनेहरुको संख्या उल्लेख्य रहेको देखिएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ हजार ६८५ जना विदेशी नागरिक श्रम स्वीकृति लिँदै नेपालमा काम गर्न आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा उक्त संख्यामा विदेशी श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएका हुन्…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । सरकारको बजेटको कार्यक्रम, १६औँ योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको अधिकारीले बताए। चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको उनले बताए। चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ।

Read More

काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानी रहेको भैरहवामा संचालित पाँचतारे होटेल बन्द गराउन माफियाको फेरी चलखेल सुरु गरेका छन् । विदेसीको लगानीमा संचालित पाँचतारे होटेल टाइगर प्यालेस नेपालका माफियाको चंगुलमा परेर करोडौंको घाटा व्यहोरेर फर्किएको थियो । विदेशि लगानीकर्ता फकिएर कम्पनि बन्द हुने अवस्थामा पुगे पछि अन्तराष्ट्रिय जगतमा नेपालको बारेमा नकरात्म्क सन्देश जाने भए पछि स्वदेशमा केही गरौं भनेर गैरआवासीय नेपालीहरुले टाइगर प्यालेस किनेका थिए । विभिन्न चुनौतिका बावजुत होटेल र क्यासीनो नेपालको कानुन अनुसार खरिद गरी नियमानुसार संचालन ल्याएको ३ महिना नवित्दै विदेशीलाई दुःख दिएका मफियाहरुले फेरी एनआरएनहरुलाई दुःख दिन थालेका छन् । माफियाको चलखेलकै कारण करिव ४ अर्व रुपैयाँ…

Read More

काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । सल्लाहकार हाबी बन्दा एक साता रोकिएको मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरिएको हो । राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने बताइएको छ । गत शुक्रबार सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगे पनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले एक साता कुर्न भनेपछि अन्तिम समयमा आएर मौद्रिक नीति रोकिएको थियो । यसलाई कतिपयले केन्द्रीय बैंकमाथि हस्तक्षेप भएको भन्दै आलोचना पनि भएको थियो । डा खतिवडा पूर्व अर्थमन्त्री एवं पूर्वगभर्नर समेत हुन् । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य…

Read More

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या आएकपछि उनी बजेट निर्माणपछि नगरपालिकाको कार्यक्रममा खासै सहभागी थिएनन् । स्वास्थ्यमा समस्या आएपछि गत साउन १ गते उपप्रमुख सुनिता शाक्यलाई कार्यबाहक दिएर उनी साउन २ गते अस्पताल भर्ना भएका थिए । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ। उनको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको छ ।

Read More

काठमाडौं । पछिल्लो डेढ महिनामा विपद्मा परी काठमाडौंमा दुई जनाको ज्यान गएको छ । गत जेठ २८ गतेदेखि सुरु भएको मनसुनजन्य विपद्का घटनामा काठमाडौंमा दुईसहित देशभर १३४ को ज्यान गएको हो । यसमा गत असार २८ गते घटेको सिमलताल घटनाका मृतकको संख्या जोडिएको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ३४ जनाको मृत्यु भएको…

Read More

काठमाडौं । काठमाडौंमा शुक्रबार पनि भारी वर्षा हुने भएको छ । विगत केही दिनदेखि भारी वर्षा हुँदै आएको काठमाडौंमा आज पनि दिउँसो र राति केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंबाहेक शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही…

Read More

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कुल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । नौ उपसमूहको…

Read More

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको हो । कायम मुकायम मुख्यसचिव गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव थिइन् । २०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी उनी धेरै लामो समय भने मुख्यसचिव बन्न पाउने छैनन् । उनी यही भदौ १५ गतेबाट अनिवार्य अवकाश प्राप्त गर्दैछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् । २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश…

Read More

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उँडेको सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो । एयरलाइन्सका उच्च प्राविधिक कर्मचारीहरूको टोली बोकेर उडेको विमान २० सेकेण्डमा नै दुर्घटना भएको थियो । सरकारले घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । यसरी विमानस्थलभित्रै भएको दुर्घटनाले नेपाली हवाई क्षेत्र कति असुरक्षित छ भन्ने देखाएको छ । त्यसो त विमानस्थलभित्रै भएको दुर्घटनाको यो पहिलो घटना भने होइन । यसअघि २०७४ को फागुनमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस-बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो । त्यस क्रममा…

Read More

काठमाडौं । आज पनि काठमाडौंका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले काठमाडौं लगायत देशका अन्य स्थानमा साधारणतया बदली रहने बताएको हो । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो बागमती प्रदेशका केही स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती…

Read More

काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा आधा झुकाउने निर्णय गरेको हो । करिब दुई साताअघि दुई वटा बस त्रिशुली नदीमा बगेर बेपत्ता हुँदा ६५ जना सवार यात्रुमध्ये अझैसम्म आधाभन्दा धेरैको अवस्था अज्ञात छ । सरकारले खोजी कार्य जारी राखे पनि यसमा अहिलेसम्म यसमा सवार व्यक्तिहरूको शव समेत भेट्न सकिएको छैन । तर विमान दुर्घटनामा भने सरकारले झण्डा झुकाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार…

Read More

काठमाडौं । सरकारले तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट जडान’ र ‘प्याराफिट’ निर्माण गरिसक्ने सरकारले निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यसअघि नयाँ सरकार निर्माण भएपछि प्राथमिकताका कार्यक्रम घोषणा गर्ने क्रममा पनि यस बारेमा छलफल भएको थियो । सोही अनुसार सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेको हो । बैठकले बाढीपहिरा जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले देशका विभन्न भागमा हालै गएको बाढी…

Read More

काठमाडौं । सरकारले बाँसवारी छाला जुत्ता कारखानाको हडपिएको जग्गा फिर्ता ल्याएको छ । हाल चाँदबाग स्कुलले चर्चेको ४८७ वर्गमिटरको जग्गा मालपोत कार्यालय डिल्लीबजारमार्फत सरकारका नाममा कायम गरिएको हो । निकै चर्चाको विषय बनेको सो जग्गा प्रकरणमा चौधरी ग्रुपका उच्च अधिकारीहरूको समेत संगल्नता रहेको थियो । यसमा सांसद विनोद चौधरी लगायतको मिलेमतो रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी समेत गरेको थियो । नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी जग्गा हड्पिएको सम्बन्धमा अनुसन्धान गरेको थियो । सीआईबीले चाँदबाग रेसिडेन्सी प्रालिका संचालक समितिका…

Read More

काठमाडौं । भारतले सुनचाँदीमा लाग्ने शुल्कमा कटौती गर्दै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । मंगलबार अर्थमन्त्री सीतारमणले सुन र चाँदीको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिदिएकी छन्। नेपाल भारत खुला सीमाका कारण भारतीय बजारमा सुनचाँदीको तस्करी हुने जोखिम बढेको छ। नेपाल सरकारले गत जेठ १५ गते बजेट सार्वजनिक गर्दै सुन आयात गर्दा लाग्ने १५ प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत बनाएको थियो। यसले गर्दा नेपाल र भारतको सुनचाँदीको मूल्यमा ठूलो अन्तर हुने हुँदा नेपालमा भारतबाट सुन ल्याएर खपत गर्ने जोखिम बढी रहेको देखिएको हो। भारत सरकारले मोबाइल फोन, मोबाइल पीसीबीए र मोबाइल चार्जरहरूमा लाग्ने करमा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बारम्बार दिएको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएको छ उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरेका उद्योगमा काटिएको लाइन जोड्न प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले पटकपटक निर्देशन दिएका थिए । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले छवटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो । तीन महिनाभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय समेत गरिएको उनले बताए । काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल नतिरेको भन्दै प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो । प्राधिकरणले…

Read More

काठमाडौं । प्याबसोक गुरु पूर्णिमा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको सरस्वतीनगरस्थित ए वन क्याफेमा आयोजित कार्यक्रममा सदस्य विद्यालयका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कार र फेलोसिपसहित सम्मान गरेको थियो । आफ्नो पाँचौं वर्ष पूरा गरेको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । डा. स्वामी केशवानन्दको उपस्थितिमा आयोजित कार्यक्रममा आध्यात्मिक शिक्षाको आवश्यकता र महत्वका बारेमा चर्चा भएको प्याब्सोकका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए। कार्यक्रममा नेसनल प्याब्सनकेन्द्रीय समितिका सचिव विष्णु पराजुली, नेसनल प्याब्सन बागमती प्रदेशका सचिव गेन्द्र लामा र प्याबसोकका सल्लाहकारहरू शम्भु अधिकारी, नारायण बाबु तिम्सिना र भीष्म ढकालको उपस्थिति रहेको थियो । कार्यक्रममा मनास्लु वर्ल्ड कलेज, भीएस कलेज, टेक्सास इन्टरनेसनल कलेज,…

Read More

काठमाडौं । काठमाडौंको ढलमा पोलियोको संक्रमण भेटिको केही दिनमा नै ललितपुरको पानीमा हैजाको जोखिम बढेको भेटिएको छ । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आएका एक बिरामीमा हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । हैजा पुष्टि भएका व्यक्ति ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोर रहेको पुष्टि भएको छ । सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरेर परीक्षण गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पिडित हुन्छन् र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हैजाबाट हुने गर्छ । नेपालले वर्षेनि…

Read More

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का पाँच उत्कृष्ट पुस्तक छनोट गरेको छ । मंगलबार गुठीले २०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो । गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपी’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । छनोट भएका कृतिका लेखकलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले युवा कालदेखि अहिलेसम्म आफ्ना धेरै बानीमा परिवर्तन…

Read More

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । नेपालले खेलेको योसहित तीन संस्करणको एसिया कपको खेलमध्ये यसपटकको खेल अघिल्ला खेलहरू भन्दा केही फरक भए । यसअघिका दुई…

Read More

काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ। लायन्सको १०८ वर्षे इतिहासमै पहिलो पटक इन्टरनेसनल प्रेसिडेन्ट फ्याब्रिसियो एलिभेराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम विभिन्न १७ वटा क्लबहरूले संयुक्तरूपमा होस्ट गरेका हुन् । कार्यक्रममा फर्स्ट लेडी अमारीलेस एलिभेरा समेत उपस्थित रहेकी थिइन्। काठमाडौंको चुच्चेपाटीस्थित हायात होटलमा आयोजित कार्यक्रममा क्याबिनेट अफिसरहरूलाई इन्टरनेशनल पिन र प्रमाणपत्रहरू समेत वितरण गरिएको थियो । सम्पन्न बैठकमा विभिन्न १५ वटा जिल्लाका डिष्ट्रिक्ट गर्भनर सहित झन्डै ७०० भन्दा बढी लायन लिडरहरूले उपस्थिति जनाएका थिए। वार्षिक चार वटा रेगुलर क्याबिनेट बैठक हुने गर्दछ। साथै उक्त भव्य कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर…

Read More

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूको समस्याको समाधानका लागि आफू गम्भीर रहेको बताएका छन् । मंगलबार मन्त्री सिंहलाई बधाई दिन पुगेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीसँग उनले आफू गम्भीर रहेको भन्दै छिट्टै समस्या समाधान गर्ने आश्वासन दिए । व्यवसायीहरूसँग उनले भने, ‘निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक छ। अब लामो कुराभन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा हामीले जोड दिनुपर्छ ।’ भेटको क्रममा निर्माण व्यवसायीहरूले मन्त्री सिंहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो क्षेत्रको समस्याको बारेमा धारणा व्यक्त गरेका थिए ।

Read More

बागमती । नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री नियुक्त भएका छन् । उनी मुख्यमन्त्री नियुक्त भएसँगै वाग्मती प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा पहिलोपटक सरकार बनेको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार (आज) लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मंगबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा…

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को विन्दुमा पुगेको हो । मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २४ करोड ६९ लाख २३ हजार सात सय ९२ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको शेयर मूल्य पाँच दशमलव ८३ प्रतिशतले घटेको हो । छ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल…

Read More