काठमाडौं । सरकारले बाँसवारी छाला जुत्ता कारखानाको हडपिएको जग्गा फिर्ता ल्याएको छ । हाल चाँदबाग स्कुलले चर्चेको ४८७ वर्गमिटरको जग्गा मालपोत कार्यालय डिल्लीबजारमार्फत सरकारका नाममा कायम गरिएको हो ।
निकै चर्चाको विषय बनेको सो जग्गा प्रकरणमा चौधरी ग्रुपका उच्च अधिकारीहरूको समेत संगल्नता रहेको थियो । यसमा सांसद विनोद चौधरी लगायतको मिलेमतो रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी समेत गरेको थियो । नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी जग्गा हड्पिएको सम्बन्धमा अनुसन्धान गरेको थियो ।
सीआईबीले चाँदबाग रेसिडेन्सी प्रालिका संचालक समितिका अध्यक्ष सञ्जय अध्यक्ष ठाकुरसहित चाँद वागका सञ्चालक यापारी अरुण चौधरी र कारखानाका तत्कालीन अध्यक्ष बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेर अनुसन्धान गरेको हो। पछि अदालतको आदेशले उनीहरू छुटिसकेका छन्।
ब्यूरोले अनुसन्धान पछि गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गर्न भनेको थियो।