

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत्को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले गाइड तथा होटल म्यानेजमेन्ट तालिमका लागि आवेदन माग गरेको छ । शनिबार एक सूचना जारी गरी विभिन्न ५ किसिमका तालिमका लागि आवेदन आह्वान गरेको हो ।
जसका लागि एसईई वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले आवेदन भर्न सक्ने बताइएको छ । ट्रेकिङ गाइड, ट्रेकिङ पोटर गाइड, बेसिक प्रिपरेसन, बेकरी, बरिस्टा, बारटेन्डिङ तालिमका लागि आवेदन आह्वान गरेको हो । यस्तो छ नाथमले आह्वान गरेको आवेदन ।