

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूको समस्याको समाधानका लागि आफू गम्भीर रहेको बताएका छन् । मंगलबार मन्त्री सिंहलाई बधाई दिन पुगेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीसँग उनले आफू गम्भीर रहेको भन्दै छिट्टै समस्या समाधान गर्ने आश्वासन दिए ।
व्यवसायीहरूसँग उनले भने, ‘निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक छ। अब लामो कुराभन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा हामीले जोड दिनुपर्छ ।’
भेटको क्रममा निर्माण व्यवसायीहरूले मन्त्री सिंहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो क्षेत्रको समस्याको बारेमा धारणा व्यक्त गरेका थिए ।