Author: Kathmandu Khabar

काठमाडौं । उन्मूलन घोषणा भएको १० वर्षपछि काठमाडौंको ढलमा पोलियो भाइरस देखिएको छ । काठमाडौंका विभिन्न नदी किनारमा गरिएको परीक्षणको क्रममा काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् । नेपालमा सन् २०१० देखि नै पोलियोका विरामी नदेखिए पनि क्षेत्रिय रुपमा एकै पटक घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको प्रावधानले नेपालले एक वर्षका लागि भारतलाई कुर्नुपरेको थियो । अहिले पनि कुनै व्यक्तिमा यसको संक्रमण भएको नभेटिए पनि ढलमा यसको संक्रमण भेटिनुले यसको संक्रमण भेटिन सक्ने स्वास्थ्य सेवा विभागका अधिकारीहरूको भनाइ छ । विश्व स्वास्थ्य संगठनले सन् १९८८ मा पोलियो…

Read More

काठमाडौं । बंगलादेशमा आरक्षणविरुद्धको हिंसा जारी छ र यस हिंसामा हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा बिहीबार ठूलो मात्रामा हिंसा भएको थियो जब प्रदर्शनकारीहरूले ढाकामा राज्य टिभीको मुख्यालयमा आगजनी गरे र मुख्यालयमा पार्क गरिएका धेरै सवारी साधनहरू पनि नष्ट गरे। वास्तवमा, एक दिन अघि अर्थात् बुधबार नै बंगलादेशको सरकारी टिभी बीटीभीले प्रधानमन्त्री शेख हसिनाको अन्तर्वार्ता लिएको थियो । बंगलादेशमा प्रदर्शनकारीहरू आरक्षण अन्त्य गर्ने आफ्नो मागमा अडिग छन्। शेख हसिना सरकारले हिंसालाई ध्यानमा राख्दै देशका सबै विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने आदेश दिएको छ । साथै स्थितिलाई नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था गर्न निर्देशन दिइएको छ ।…

Read More

काठमाडौं । उपसभामुख इन्दिरा रानाले कुनै सम्बन्ध नै नभएका पाँच जनालाई भिसा दिनका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा आएको छ । पत्रबारे विवाद बढ्दै जाँदा शुक्रबार रानाले स्पष्टीकरण दिएकी छन् । सभामुख देवराज घिमिरेले समेत यो विषय गम्भीर भनेपछि उनले शुक्रबार स्पष्टीकरण दिँदै यो गम्भीर विषय नभएको बताएकी हुन् । शुक्रबार उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छन्। उनले विज्ञप्तिमा भनेकी छन् : ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य…

Read More

काठमाडौँ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन् । बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा आइपुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए । बिहीबार आमाको वार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, “आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुई वटा स्कुटर लिएर आयौँ, बजारमा तरकारी नै छैन, आलु र तामा लिएर हिड्यौँ ।” उनी जस्तै ठूलो भर्‍याङको सरकारी विद्यालयका शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाइनन् । देशकै ठूलो तरकारी बजार कालीमाटी…

Read More

काठमाडौं । मानव तस्करीको आशंका गरिएको उपसभामुख इन्दिरा रानाको पत्रमाथि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सहनशीलताको नीति लिएको देखिएको छ । रास्वपा स्रोतका अनुसार ३ महिनाअघि नै पार्टीभित्र सो पत्रको बारेमा छलफल भए पनि इलामको चुनावको कारण देखाउँदै त्यसलाई गुपचुप राखिएको थियो । अहिले सो पत्र छताछुल्ल भएपछि समेत रास्वपाले यस विषयलाई बाहिर ल्याउन आनाकानी गरिरहेको छ । उपसभामुख इन्दिरा रानाले आफूसहित अन्य पाँच जनाको लागि भिसा दिन भन्दै उपसभामुखको लेटरहेडमा पत्र काटेकी थिइन् । सो पत्र सार्वजनिक भएपछि अहिले उनी गम्भीर विवादमा छिन् । उनीमाथि पैसा लिएर मानव तस्करी गर्न लागेको आरोप लागेको छ । कतिपयले १० लाख रुपैयाँ…

Read More

काठमाडौं । फ्रान्सको एक पत्रिकाले नेपालको राजनीतिक अस्थिरताको बारेमा समाचार लेख्दै विश्व च्याम्पियनको संज्ञा दिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएकै दिन समाचार लेख्दै फ्रान्सको ले मण्डे नामक पत्रिकाले राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन भएको उल्लेख गरेको हो । उसले पत्रिकामा राजनीतिक अस्थिरताको ओलम्पिकमा नेपाल विजयी भएको बताएको छ । लोकतन्त्र स्थापनापछिको ३० वर्षमा १४ औं प्रधानमन्त्रीको रूपमा उनी नियुक्त भएको भन्दै ३ करोड नागरिक भएको सानो गणतान्त्रिक मुलुकका लागि यो उत्कृष्ट उपलब्धि रहेको उल्लेख गरेको छ । पत्रिकामा नेपाली राजनीतिक नेताहरूको बीचका संघठन, विरोधी संघठन, पलटवार र विश्वासघातको संख्या अत्यन्तै भयानक भनेको छ। पत्रिकामा भनिएको छ: उदाहरणका लागि…

Read More

काठमाडौं । शुक्रबार बिहान विष्णुमती नदीले खतराको तह पार गरेको छ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको भेलले जलसतहले खतराको तह पार गरेको हो । शुक्रबार बिहान ६ बजे गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

Read More

काठमाडौं । सरकारी जागिरमा आरक्षण प्रणालीमा सुधारको माग गर्दै विद्यार्थी आन्दोलनका क्रममा बिहीबार बंगलादेशमा हिंसा भड्किएको छ । राजधानी ढाका र अन्य ठाउँमा भएको हिंसामा कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । यसरी आन्दोलन सुरु भएयता मृत्यु हुनेको संख्या २५ पुगेको छ । ढाका र अन्य सहरका विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ मा पाकिस्तानबाट देशको स्वतन्त्रताका लागि लडेका युद्ध नायकका आफन्तका लागि केही सार्वजनिक क्षेत्रका जागिरहरू आरक्षित गर्ने व्यवस्थाको विरुद्ध केही दिनदेखि जुलुस निकाल्दै आएका छन्। पहिलो आलो पत्रिकाले आफ्नो समाचारमा भनेको छ, ‘कुल १९ जनाको मृत्यु भएको खबर छ । जसमध्ये ढाकामा ९ जनाको, राजधानीको बाहिरी भागमा रहेको सावरमा…

Read More

काठमाडौं । भावी प्रधानसेनापतिको लाइनमा रहेका रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) विवादमा जंगी अड्डाले मुख खोलेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताएका हुन् । रथी सिग्देलले जिल्ला प्रशासन कार्यलय रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपि’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे । रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गर्नुभएको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी) मा जन्ममिति २०२३ माघ १९ उल्लेख…

Read More

काठमाडौं । पटकपटक प्रधानमन्त्री बन्दा गलत सल्लाहकारका कारण राम्रो काम गर्न नसकेको आरोप खेप्दै आएका केपी शर्मा ओलीले कोर टिममा फेरि पुरानै टिम ल्याएका छन् । पहिले महान्यायाधिवक्तामा रहेश बडाललाई नियुक्त गरेका ओलीले बिहीबार प्रमुख सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त गरे । जसमा पुरानै टिम फर्किएको छ । संसद् विघटन गर्न ओलीलाई सुझाव दिने रमेश बडाललाई दोहोर्‍याएर महान्यायाधिवक्ता नियुक्त गराएका छन् । सरकारको प्रमुख कानुनी सल्लाहकार समेत रहेको महान्यायाधिवक्ताको कार्यालयका तत्कालीन प्रमुख बडालकै सुझाव अनुसार केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा संसद् विघटन गरेका थिए । विघटनको पक्षमा बडालले सर्वोच्च अदालतमा पनि बहस गरेका थिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी…

Read More

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । बाथ र निमोनिया रोगले सताएपछि उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य निरन्तर खराब बन्दै गएर बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनले बुटिक होटलको रूपमा सञ्चालन गरेको द्वारिकाज होटल नेपालको नमुना हेरिटेज होटल पनि हो । उनी नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत हुन् । महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष पनि हुन् । उनी गोर्खा दक्षिणबाहु…

Read More

काठमाडौं । नयाँ सरकार परिवर्तनसँगै नियुक्त भएका मन्त्री र प्रधानमन्त्री भेट्न भारतीय र चिनियाँ राजदूतबीच प्रतिस्पर्धा चलिरहेको छ । नयाँ सरकार गठन भएर प्रधानमन्त्री तथा मन्त्रीहरूले सपथ लिएको दिन नै दुवै देशका राजदूतहरूले प्रधानमन्त्री केपी शर्मा ओली र केही थान मन्त्रीलाई भेट्न भ्याए । यो क्रम बुधबारसम्म पनि रोकिएको छैन। अहिले उनीहरूबीच कसले कति धेरै मन्त्रीहरूलाई भेट्ने र कसले छिटो भेट्ने भन्नेमा प्रतिस्पर्धा नै हुँदै आएको जस्तो देखिन्छ । पदभार ग्रहणको केही दिनपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको शिष्टाचार भेटलाई सामान्य मान्न सकिन्छ । तर यहाँ प्रतिस्पर्धामा उत्रिका राजदूतहरूले आफूसँग सरोकर नै नभएका मन्त्रीहरूसँग समेत भकाभक भेटिरहेका छन् । नेपालमा कुनै पनि…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले गरेको कालोपत्रे एक महिना पनि नपुग्दै कालोपत्रे उप्किएको छ । नगरपालिकाको बजेटमा गत जेठमा सम्झौता गरेर गरिएको वडा नं १३ को कालोपत्रे सडक एक महिना पनि नपुग्दै उप्किएपछि स्थानीय आक्रोशित बनेका छन् । वडा नं. १३ चुनिखेल नयाँ बस्तीमा रहेको पिक प्वाइन्ट स्कुलबाट लोहहिटी जाने बाटोमा गुणस्तरहीन निर्माण सामग्री र नगरपालिकाको लापरबाहीका कारण एक महिनामै बाटो बिग्रिएको स्थानीयको आरोप छ । १५० मिटर लम्बाई र ४ मिटर चौडा सडक निर्माणका लागि भ्याट र पीएससहित नौ लाख ६५ हजार आठ सय २७ रुपैयाँ नगरपालिकाले दिने गरी अनुप निर्माण सेवासँग जेठ १४ गते सम्झौता गरेको थियो । सम्झौताको…

Read More

काठमाडौं । काठमाडौं उपत्यकाका केही भागमा बिहीबार भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । काठमाडौं उपत्यकासँगै बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशभर आंशिक देखि…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले विधि प्रक्रिया र आवश्यक कागजात समेत पूरा नगरी स्काउट तालिमको नाममा लाखौं रुपैयाँ दुरुपयोग गरेको भेटिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा ककनीमा ४५ जनालाई स्काउट तालिम दिएको नाममा ५ लाख रुपैयाँ अनियमित खर्च गरेको देखिएको हो । सो कामलाई महालेखाले बेरुजुमा राखेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को १० मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न आवश्यक प्रमाण कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजातको आधारमा मात्र भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गरेर मात्र भुक्तानी…

Read More

काठमाडौं । संसद् विघटन गर्न ओलीलाई सुझाव दिने रमेश बडाल फेरि महान्यायाधिवक्ता नियुक्त भएका छन् । सरकारको प्रमुख सल्लाहकार समेत रहेको महान्यायाधिवक्ताको कार्यालयका तत्कालीन प्रमुख बडालकै सुझाव अनुसार केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा संसद् विघटन गरेका थिए । विघटनको पक्षमा बडालले सर्वोच्च अदालतमा पनि बहस गरेका थिए । तिनै बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो बहसको क्रममा अमर्यादित शब्द प्रयोग गरेका बडाललाई इजलासले नै आक्रोश व्यक्त गर्दै फैसलामै आपत्ति जनाउन बाध्य भएको थियो…

Read More

काठमाडौं । सरकारले ल्याएको सरकारी रोजगारी नीतिमा सुधारको माग गर्दै बंगलादेशमा दोहोरो झडप चलिरहेको छ । पाँच दिनसम्म चलिरहेको अशान्त अवस्था अहिले राजधानी ढाका र देशका अन्य स्थानमा पनि फैलिएको छ । विशेषत: सरकारवादी दलका विद्यार्थी संगठनबाहेक सबै पक्ष यसको विरोधमा उत्रिएको छ । बुधबारसम्म झडपमा परी ६ जना विद्यार्थीको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। सरकारले ल्याएको नयाँ नीतिमा ५६ प्रतिशतसम्म कोटामा सरकारी कर्मचारी भर्ती गर्ने बताइएको छ । यसको विद्यार्थीहरूले बिहीबारदेखि नै देशभरका व्यस्त चोकहरूमा प्रदर्शन गर्दै आएका छन् । यसैबीच ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर…

Read More

काठमाडौं । नेपाली फ्यानको उत्साह र सहभागिताले अधिक फ्यान भएको देशको रूपमा नेपालले उपाधि जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले हरेक वर्ष प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड यसपटक नेपाललाई दिने निर्णय गरेको हो । यसअघि नेपाली क्रिकेट खेल हुँदा रुखमा चढेर हेर्ने र अधिक दर्शक देखिएको त्रिवि क्रिकेट मैदानको तस्वीर समेत समयसमयमा आईसीसीले पोस्ट गर्ने गरेको थियो । तर अहिले नेपालले जितेको उपाधि भने डिजिटल माध्यममा फ्यानहरुले देखाएको सक्रियताको नतिजा हो । नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो। ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई, ‘१००…

Read More

काठमाडौं । चल्दाचल्दैको केबलकार रोकिएपछि चन्द्रागिरि केबलकारमा झण्डै डेढ घण्टासम्म यात्रु अलपत्र परेका छन् । बुधबार दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म केबलकार रोकिँदा यात्रुहरु अलपत्र परेका हुन् । चन्द्रागिरि केबलकार प्रालिले यो विद्युत अवरोधका कारण यस्तो समस्या आएको बताएको छ । डेढ घण्टासम्म पनि समस्या समाधान नभएपछि यात्रुलाई भर्‍याङ हालेर उद्धार गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले डेढ घण्टासम्म पनि केबलकार नचलेपछि रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको जानकारी दिए । उनले ७७ जना यात्रु केबलकारमा अड्किएको र ८ जनालाई भर्याङबाट ओरालिएको बताए ।

Read More

काठमाडौं । आज आषाण शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारेर यो पर्व मनाइँदैछ । एक महिनाअघि घरको अघि रहेको तुलसीको बीउबाट उब्जिएको बिरुवालाई मठमा सारेर पूजा गर्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरूको भनाइ छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने…

Read More

काठमाडौं । पशुपतिमा कोटीहोम महायज्ञ सुरु भएको छ । मानवसेवा फाउन्डेसनको मुख्य आयोजनामा एक महिनासम्म चल्ने यो महायज्ञमा एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ । मंगलबार एक कार्यक्रमका बीच कोटी होमको उद्घाटन पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टले उद्घाटन गरेका थिए । कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । पहिलो दिन करिब पाँच हजार…

Read More

काठमाडौं । गत साता सरकार नै फेरबदल हुनेगरी नेकपा माओवादीसँग हात मिलाएको नेकपा एमालेले तत्कालका निम्ति उक्त मिलन “सरकारमा सहकार्यका लागि मात्र सीमित रहने” बताएको छ। यद्यपि एमालेबाटै टुक्रिएर बनेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने निकट भविष्यमा एकता हुने खालको संवाद सुरु हुनसक्ने कतिपय नेताहरूको भनाइ छ। शुक्रवार केन्द्रीय सचिवालयको बैठकपश्चात् पार्टीभित्रको मनस्थितिबारे सोध्दा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बीबीसीसँग भने, “अहिले मुलुकलाई फाइदा हुनेगरी सरकार सञ्चालन गर्छौँ। यो सहकार्यले हामीलाई क्रमश: नजिक ल्याउने काम गर्छ र भविष्यमा परिस्थिति बलियो बन्दै गयो र विचार मिल्दै गयो भने पार्टी एकताको सम्भावना पनि हुनसक्छ।” उनले विगतमा हतार गरेर एकीकरण गर्दा…

Read More

काठमाडौं । सवा वर्षमा प्रचण्ड तीन पटक प्रधानमन्त्री बनेका छन् । नयाँ समिकरणसहित आजै तेस्रो पटक उनले मन्त्रीमण्डल विस्तार गरेका छन् । आफ्ना निकटहरूलाई मन्त्री बनाउँदै उनले वाम एकताका नयाँ प्रोजेक्ट पनि देखाएका छन् । नयाँ सरकामा माओवादी केन्द्र र रास्वपाले तामझामपूर्ण रूपमा आफ्ना पहिलो दर्जाका नेताहरूलाई मन्त्री बनाएको छ । तर नयाँ समिकरण बनाउन सबैभन्दा ठूलो भूमिका खेल्ने दल नेकपा एमालेले भने आफ्नो कुनै पनि पहिलो श्रेणीको नेतालाई सरकारमा पठाउन चाहेन । त्यतिमात्र नभै एमालेले मुख्य आकर्षक मन्त्रालय पनि लिएको छैन । भौतिक योजनामन्त्री बनेर रघुबिर महासेठले एमालेको नेतृत्व गरेका छन् । नयाँ सरकारमा ठूलो दल नेकपा एमालेले किन…

Read More

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई प्रष्ट निर्देशन दिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका कामकारवाहीलाई लिएर पार्टीको अनुमति बेगर आलोचना नगर्न सांसदहरुलाई निर्देश गर्नुभएको हो ।  ’फेरि पनि दोहोर्याएर भन्न चाहन्छु-सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ’किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ ।’ अध्यक्ष ओलीले तराईमा डोरीलाई सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै सरकारका बारेमा जथाभावी बोल्दाखेरी परिणाम अर्कै आउनसक्नेतर्फ सांसदहरुलाई सचेत गराउनुभएको छ ।  ’कहिलेकहिले मान्छे हिँड्दा हिँड्दै तराईतिर खासगरी…

Read More

काठमाडौं । राजनीतिको पछिल्लो घटनाले पूर्व प्रधानमन्त्री वावुराम भट्टराई निराश देखिएका छन् । उनले माओवादी केन्द्।का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अस्थीर चरित्र एवम् सोचको भर्त्सना गर्दा आफ्ना सांसदहरूलाई माओवादीको सांसदको कित्तामा नराख्न निर्वाचन आयोगलाइ निबेदनसमेत दिएका छन् । प्रचण्डले निजी स्वार्थका लागि देशको सार्वभौमिकतामाथि खेलीरहेको आरोप लगाउँदै लेखेका छन्ः “धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”!गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम , प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न। उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाककचुन्जेल…

Read More

काठमाडौं ।  छोटो समयमा रवि लामिछाने नेपाली राजनीतिक चर्चित पात्र बनेका छन् । पुराना दलहरूको पट्यारलाग्दो राजनीतिका बीच रातारात उदाएका रविको उदय जादुमय देखिए पनि यो जादुभित्र उनका स्वार्थहरू कति छन् भन्ने हिसाबकिताब पनि चलिरहेको छ । चुनावमा भाग लिएको  पहिलो चुनावमै चौथो ठूलो दल बन्यो, वैकल्पिक राजनीतिक शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रवि पहिलो पटकमै गृहमन्त्री बने। त्यागिसकेको नागरिकता ब्युँताउने कानूनी रीत नपुर्‍याएको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेजीको फैसला गरेसँगै मन्त्री बनेको एक महीना कट्नासाथै उनी पदबाट बाहिरिए। ठ्याक्कै एक वर्ष कटेपछि फेरि लामिछाने सत्ताशक्तिमा फर्किएका छन्, उपप्रधान एवं गृहमन्त्रीको पुरानै पदीय हैसियतमा।  लामिछाने २०७९ मंसीर…

Read More

काठमाडौं ः गत असार १५–१६ गतेसम्मनेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घट्दो अवस्थामा थियो । आर्थिक वर्षको अन्तिमका केही दिन बैंक ब्याजको चपेटाले गर्दा पनि नेप्से परिसूचकमा केही कमी आउने नै थियो र लगानीकर्ताको मानसिकता पनि त्यसमै तयार थियो । असार १६ गतेसम्म पनि १४.८३ बिन्दुले घटेको नेप्से परिसूचकमा त्यसपछिका ११ कार्यदिनमा ९ दिन भारी वृद्धि भएको छ भने २ दिनमात्रै सामान्य करेक्सनको सामना गर्नुपरेको छ । असार १६ गते २०३७.०९ बिन्दुमा रहेको नेप्से परिसूचक असार ३० गतेसम्म पुग्दा २२० अंक बढेर २२५७.५९ बिन्दुमा पुगेको थियो भने आ.व.को अन्तिम कार्यदिन असार ३१ गते १७.१८ बिन्दुले घटेर नेप्से परिसूचक २२४०.४१ बिन्दुमा बन्द भएको…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले गैरकानुनी रुपमा १२२ जनालाई करार सेवामा नियुक्ति गरेको भेटिएको छ । कानुनले नियुक्ति दिनै नमिल्ने भनेको पदमा समेत आफ्ना आपेपासेलाई नियुक्ति दिएको भेटिएको हो । आर्थिक वर्ष २०७९।८० सालको महालेखा परीक्षकको प्रतिवेदनले मीठाराम अधिकारी निर्वाचित भएर आएपछि सो संख्यामा नियुक्ति दिएको देखाएको हो । स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न भएको थियो । त्यसपछिको साउनदेखि २०८० को साउनसम्मको प्रतिवेदन अनुसार आर्थिक वर्षमा स्वास्थ्य अधिकृत, सूचना प्रविधि अधिकृत, छौटौं स्तरका इन्जिनियर, प्राविधिक सहायक, सहायक पाँचाँैस्तरका सिभिल इन्जिनियर, कार्यालय सहायक,कम्प्युटर अपरेटर लगायतका विभिन्न पदहरुमा १२२ जना नियुक्त गरेको भेटिएको हो । स्थानीय सरकार सञ्चालन ऐन…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह आएपछि नै भुक्तानीमा अनियमितता भएको देखिएको छ । बालेन्द्र शाह नेतृत्वमा आएपछिको पहिलो आर्थिक वर्षमा एक करोड ५३ लाख ६८ हजार रुपैयाँ अनियमित भुक्तानी भएको देखिएको हो । सुशासनको नारा लिएर आएका शाहको पालामा नै यति ठूलो रकम अनियमितता भएको देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । २०८१ सालमा राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७९।८० सालको वार्षिक आयव्ययको प्रतिवेदनमा महालेखाले सो विवरण पेश गरेको हो । त्यस्तै, महानगरपालिका ९५ करोड १७ लाख ८८ हजार ११३ रुपैयाँ बेरुजु देखाउँदै सो रकम असुल गर्न बाँकी रहेको देखाएको छ । त्यस्तै, एक करोड ५ लाख ५८ हजार…

Read More

३१ साउन, काठमाडौं । देशमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रीमण्डलमा पनि केही नयाँ अनुहारहरू देखा परेका छन् । तीमध्ये सबैभन्दा आशा गरिएको अनुहार चाहिँ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हुन् भन्दा फरक पर्दैन । मन्त्रीमा नियुक्त भएसँगै उनले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । यसलाई आम नागरिकहरूले आशालाग्दो प्रदीपका रूपमा हेर्ने गरेका छन् । मन्त्री पौडेलले एक हप्ताभित्र तत्कालीन र दीर्घकालीन कामहरूको सूची सार्वजनिक गर्ने बताएका छन् । उनले आगामी १ साताभित्र ३ महिने, ६ महिने र एक वर्षे कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेका छन् । पछिल्लो समयमा नेपाली काँग्रसमा महामन्त्री गगन…

Read More