काठमाडौं खबर साउन २, २०८१
काठमाडौं । चल्दाचल्दैको केबलकार रोकिएपछि चन्द्रागिरि केबलकारमा झण्डै डेढ घण्टासम्म यात्रु अलपत्र परेका छन् । बुधबार दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म केबलकार रोकिँदा यात्रुहरु अलपत्र परेका हुन् ।
चन्द्रागिरि केबलकार प्रालिले यो विद्युत अवरोधका कारण यस्तो समस्या आएको बताएको छ । डेढ घण्टासम्म पनि समस्या समाधान नभएपछि यात्रुलाई भर्याङ हालेर उद्धार गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले डेढ घण्टासम्म पनि केबलकार नचलेपछि रोकिएका यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएको जानकारी दिए । उनले ७७ जना यात्रु केबलकारमा अड्किएको र ८ जनालाई भर्याङबाट ओरालिएको बताए ।