

काठमाडौं । शुक्रबार बिहान विष्णुमती नदीले खतराको तह पार गरेको छ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको भेलले जलसतहले खतराको तह पार गरेको हो ।
शुक्रबार बिहान ६ बजे गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ ।