काठमाडौं । फ्रान्सको एक पत्रिकाले नेपालको राजनीतिक अस्थिरताको बारेमा समाचार लेख्दै विश्व च्याम्पियनको संज्ञा दिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएकै दिन समाचार लेख्दै फ्रान्सको ले मण्डे नामक पत्रिकाले राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन भएको उल्लेख गरेको हो ।
उसले पत्रिकामा राजनीतिक अस्थिरताको ओलम्पिकमा नेपाल विजयी भएको बताएको छ । लोकतन्त्र स्थापनापछिको ३० वर्षमा १४ औं प्रधानमन्त्रीको रूपमा उनी नियुक्त भएको भन्दै ३ करोड नागरिक भएको सानो गणतान्त्रिक मुलुकका लागि यो उत्कृष्ट उपलब्धि रहेको उल्लेख गरेको छ ।
पत्रिकामा नेपाली राजनीतिक नेताहरूको बीचका संघठन, विरोधी संघठन, पलटवार र विश्वासघातको संख्या अत्यन्तै भयानक भनेको छ। पत्रिकामा भनिएको छ: उदाहरणका लागि कम्युनिष्टहरूले कहिलेकाहीँ अल्ट्रा-राजवादी पार्टीसँग संघठन गरेका छन्, जुन वर्षहरूदेखि मुख्य शत्रु थिए। अहिलेको सरकारको भारतसँगको विवादपूर्ण सम्बन्ध रहेको पनि सो पत्रिकामा उल्लेख छ ।
सो पत्रिकाको अनलाइन भर्सन यहाँ उपलब्ध छ