Author: Kathmandu Khabar

काठमाडौं । एसीसी महिला कपमा आज नेपालले भारतसँग खेल्ने भएको छ । सेमिफाइनलमा पुग्नका लागि आज भारतलाई हराउनै पर्ने दबाबमा रहेको नेपालले नेपाली समय अनुसार साँझ सवा सात बजे खेल खेल्न सुरु गरेको हो । समूहमा अन्तिम खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २-२ अंक छ। भारतले २ खेल जितिसकेको छ। युएईले २ खेलमा हार ब्यहोरेको छ। नेपाललाई सेमिफाइनल पुग्न साविक विजेता भारतलाई हराउनु पर्ने चुनौती रहँदा पाकिस्तान युएइलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध दिउँसो प्रतिस्पर्धा गर्ने छ।

Read More

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीचको नयाँ गठबन्धन बनेपछि बदलिएको समीकरणमा बागमती प्रदेशको मन्त्रालयको विषयमा दुई पार्टीबीच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालयमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेसँगै आइतबार रोकिएको मुख्यमन्त्रीको दाबी गर्ने कार्यक्रम मंगलबार अघि बढ्ने सम्भावना रहेको छ । एमाले कांग्रेस सहमतिअनुसार आइतबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रहेको थियो । बिहान १० बजे तय गरिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो । अब भागबण्डा मिलेपछि आज दाबी गर्ने सम्भावना रहेको हो । दुई दलबीच मन्त्रालयको भागबन्डाको विषय नमिल्दा मुख्यमन्त्रीमा लामाको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपको छानबिन गर्नुपर्ने धारणा राखेका छन् । ९ लाख रुपैयाँ पीडितसँग लिएको भन्ने आरोपमाथि अनुसन्धान अघि बढाउन राज्यका निकायसँग उनले आग्रह गरे । तत्कालीन महामन्त्रीको हिसाबले यसबारेमा आफूले पनि केही जानकारी राखेको भन्दै यसमा आवश्यक सहयोग गर्नुपरे आफू तयार रहेको पनि उनले मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी दिए । उनले फेसबुकमा लेखेका छन् ‘उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो” बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ…

Read More

काठमाडौं । रवि लामिछानेले गृह मन्त्रालय छाडे लगत्तै प्रहरीले उनीविरुद्धको अनुसन्धान अघि बढाएको छ । आफ्नो सहकारी मुद्दा प्रभावित पार्न जसरी पनि गृह खोजेर गएका लामिछानेले आफूविरुद्धको अनुसन्धानलाई बन्द गराएका थिए । उनले आफू सुशासनको लागि आएको भन्ने भाषण दिए पनि उनीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाउन नसकेपछि सो बारेमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा सहकारीको रकम प्रयोग भएको खुलेको थियो । उक्त प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाउने तयारी प्रहरीले थालेको हो । गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हाल फरार छन् । जीबी…

Read More

काठमाडौं । काठमाडौंमा आज पनि दिनभरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि नै घनकोर वर्षा भइरहेको काठमाडौंमा आज दिनभर पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाका भने केही स्थानमा मध्यमदेखि भारी वर्षको सम्भावना छ । मंगलबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही…

Read More

काठमाडौं । नयाँ सरकार गठनपछि अस्वाभाविक रूपमा बढ्दै गएको नेप्से परिसूचक सोमबार सम्हालिएको छ । सोमबार २५०० अंक कटे पनि कारोबार बन्द हुने बेलासम्ममा २४८८ मा झरेर बन्द भएको हो । यद्यपि नेप्से अघिल्लो दिनको तुलनामा २.१५ अंक बढेर कारोबार बन्द भएको छ । सोमबार तीन पटकसम्म २५०० अंक नाघेको सेयर बजार न्यूनतम २४४२ सम्म झरेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा…

Read More

काठमाडौं । फुटपाथ विस्तारका कारण न्युरोडमा केही दिनदेखि रमिता चलिरहेको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न गरेको प्रयासलाई नेकपा एमालेका जनप्रतिनिधिहरूले विरोध गरेपछि अहिले त्यहाँ रमिता चलिरहेको हो । फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले सोमबार दोस्रो दिन पनि सडकबाटै काम गरिरहेको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन्। उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् ।पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए…

Read More

काठमाडौं । आज यस वर्षको पहिलो साउने सोमबार । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु भएको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् । यही मान्यताको आधारमा पशुपतिमा भक्तजनहरूको घुइँचो लागेको छ । साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र…

Read More

काठमाडौं । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेको संसद् सचिवालयले जनाएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको हो । नियमावलीअनुसार प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ । सोहीअनुसार आज सभामुखले सो समय तय गरेका छन् । गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले वडाको सर्वसम्मत निर्णयमाथि राजनीतिक पूर्वाग्रह राखी कैची चलाएको छ । विकास र आवश्यकता भन्दा पनि राजनीतिक आस्थाको आधारमा तयार पारिएको बजेटमा विभिन्न वडाका प्राथमिकता प्राप्त आयोजनाहरू नै बजेटबाट हटाइएको छ । वडाले सर्वसम्मत निर्णय गरेका आयोजनाहरू बजेट बन्ने बेलामा उल्लेख नै नभएपछि जनप्रतिनिधिहरू आक्रोशित बनेका छन् । नगरपालिकाको वडा नं २ ले सर्वसम्मत निर्णय गरेर पठाएका योजनामाथि राजनीतिक पूर्वाग्रह राखेर मनपरी गरेको भेटिएको हो । चालू आर्थिक वर्षको लागि नगरपालिकाले दिएको तीन करोडको सिलिङभित्र रहेर वडाले पठाएका २९ वटा कार्यक्रममाथि तलमाथि गरेर नगरपालिकाले आफू अनुकूल बन्ने कार्यक्रमलाई मात्रै स्वीकृत गरेको भेटिएको छ । नगरपालिकामा रहेको बहुमतको…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन्। उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ थियो, त्यसबेलादेखि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए। जो बाइडेनको तर्फबाट उनको निर्णय राष्ट्र र उनको पार्टीको हितमा रहेको भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा…

Read More

काठमाडौं । काठमाडौंको कपन र सुन्दरीजल क्षेत्रमा सोमबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ र यो झनै बढ्न सक्ने सम्भावना रहेको छ । काठमाडौंका साना ठूला नदी मुहान क्षेत्रमा भएको भारी वर्षाका कारण बाग्मती, विष्णुमती, धोबीखोला जस्ता साना ठूला नदी किनारमा पानीको बहाब झनै बढ्न सक्ने भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाको रेकर्डअनुसार पछिल्लो ६ घण्टामा काठमाडौंको कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ । यी क्षेत्रमा दिउँसो पनि भारी वर्षा हुने सम्भावना महाशाखाले…

Read More

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा सहमतिका बुँदाहरू जस्ताको त्यस्तै प्रस्तुत गरेका हुन् । उनले सदनलाई जानकारी गराएको सहमतिका सातवटा बुँदा यसप्रकार रहेका छन् । १) आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने छ । २) राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल पक्ष र दुर्वल पक्ष तथा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा गएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरीत भएको उल्लेख गर्दै गत असार ३१ गते सर्वोच्चमा दायर भएको रिट उपर आज बसेको इजलासले यो मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले उक्त विवाद संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो । आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्किलले दुईतिहाइ मत प्राप्त गरेका छन् । सोमबार संसदमा भएको विश्वासको मतमाथिको मतदानमा उनले कुल २६३ सांसदमध्येबाट १८८ मत प्राप्त गरेका हुन् । दुईतिहाइको लागि कुल १८४ मत आवश्यक पर्नेमा ओलीले मुस्किलले दुई तिहाइ पुग्ने गरी मत पाएका हुन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । उनलाई १९४ सांसदको मत…

Read More

काठमाडौं । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिएका छन् । आज विश्वासको मत लिनका लागि समय मागेका उनले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे । नयाँ सत्ता गठबन्धन अनुसार बाग्मती प्रदेश नेपाली काँग्रेसको भागमा परेको छ । जम्कट्टेलले विश्वासको मत नपाउने भएपछि आइतबार नै बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई…

Read More

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । साहित्य र राजनीतिका एक सफल पुरुष विश्वेश्वर प्रसाद कोइराला आफ्ना युगमा एकै पटक सामाजिक र राजनीतिक दुवै अभियन्ता (इन्जिनियर) थिए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मात्रै नेतृत्व गरेनन् । छिमेकी मुलुक भारतलाई स्वतन्त्र गराउन पनि ठूलो योगदान दिएका छन् । आफ्नो राजनीतिक र सामाजिक…

Read More

काठमाडौं । राष्ट्रिस स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाको बचाउमा विज्ञप्ति निकालेको छ । आइतबार बिहान कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकाल्दै यो ठूलो विषय नभएको भन्दै टालटुल पार्ने प्रयास गरेका छन् । यसको बचाउमा उनले यसअघि पनि कतिपय नेताहरूले भिसाकै लागि मौखिक र लिखित सिफारिस गर्ने गरेको भन्दै यो ठूलो विषय नभएको बताएका हुन् । विज्ञप्तिमा राम्रो छविकी उपसभामुख रानाको बदनाम गरेर क्षणिक पदीय फाइदाका लागि अनर्गल प्रचार गरिएको आरोप समेत लगाइएको छ । भिसाको लागि आग्रह गरिएका व्यक्तिहरू नेपालबाट बाहिर गएको अध्यागमनको रेकर्डमा नदेखिएको भन्दै यसलाई उचालिरहनुपर्ने विषय नरहेको पनि उनले बताएका छन् । पीडित भनिएकाहरूसँग पार्टी उपसभापति डीपी…

Read More

काठमाडौं । गुरु पूर्णिमा भारतवर्षमा हाम्रा आध्यात्मिक वा एकेडेमिक गुरुहरूलाई सम्मान गर्न, उनीहरूलाई पूजा गर्न र उनीहरूको श्रद्धा गर्ने पर्वको रूपमा मनाइन्छ । हामी सबै मानव जीवनमा गुरुहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यस्तो अवस्थामा हामीलाई आकार दिन योगदान पुर्‍याउने गुरुहरूप्रति कृतज्ञताको भावना कायम राख्नुपर्ने जनविश्वास रहेको र त्यसलाई व्यक्त गर्ने दिनको रूपमा गुरुपूर्णिमा पर्व मनाइन्छ । हिन्दू परम्परा अनुसार आषाढ शुक्ल पक्षको पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइन्छ । पौराणिक मान्यता अनुसार गुरु पूर्णिमालाई महाभारतका रचयिता वेद व्यासको जन्मदिन मानिन्छ। उनको सम्मानमा यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। गुरु पूर्णिमाको दिन महर्षि वेदव्यासले चार वेदको रचना गरेका हुनाले उनको नाम वेदव्यास…

Read More

काठमाडौं । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसहित दुई प्रदेशसभामा मुख्यमन्त्रीहरूले विश्वासको मत लिँदैछन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै विभिन्न दलहरूले समर्थन फिर्ता लिएपछि आज एकै दिन प्रधानमन्त्रीसहित दुई प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जसमा दुई मुख्यमन्त्रीहरूको पद जाँदैछ भने प्रधानमन्त्रीले दुईतिहाइ मत पाउँदैछन् । असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्‍मा पेश गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई आइतबार कुल १९४ सांसदले समर्थन गर्ने तय भएको छ । प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो । ओलीलाई कांग्रेस, एमाले,…

Read More

काठमाडौं । दोलखाको भीमसेन मन्दिरमा पसिना आएको छ । विपत्तिको सूचक मानिने दोलखाको भीमसेन मन्दिरमा शनिबार पसिना आएको दोलखाका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार शनिबार दिउँसो १:४७ मा शिलाको पश्चिमपट्टि पसिना आएको थियो । दोलखा भीमसेन मन्दिरमा पसिना आएपछि देशमा विपत्तिजनक घटनाहरू हुन्छ भन्ने विश्वास गरिन्छ । सो पसिना पुछिएको कपासलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । सो प्रसाद राष्ट्रपति समक्ष बुझाउने गरिन्छ । पोखरेलले आइतबार महाप्रसाद राष्ट्रपति कार्यालयमा लैजाने जानकारी दिए । ‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट…

Read More

काठमाडौं । नेपाली काँग्रेसको मुख्य सचेतकमा सिन्धुलीका श्यामकुमार घिमिरे मनोनित भएका छन् । यसअघिका रमेश लेखक मन्त्री भएपछि राजीनामा दिएर रिक्त रहेको सो पदमा शनिबार संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई नियुक्त गरेका हुन् । शनिबार देउवाका निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा दलको विधान धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई देउवाले मनोनीत गरेको उल्लेख गरेका छन् ।

Read More

काठमाडौं । बंगलादेशमा गृहयुद्ध जस्तो अवस्था देखिएको छ । आरक्षण विरोधी प्रदर्शन यति हिंसात्मक बनेको छ कि सरकारले शुक्रबार राति देशभर कर्फ्यू लगाएको छ। भिडन्तपछि शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गर्न निर्देशन दिइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार झडपमा कम्तीमा १०५ जनाको मृत्यु भएको छ । १५०० भन्दा बढी घाइते भएका छन्। बंगलादेशमा कर्फ्यूको घोषणा सत्तारुढ अवानी लिगका महासचिव ओबैदुल कादरले गरेका थिए र उनले भने कि यो नागरिक प्रशासनलाई सुव्यवस्था कायम राख्न मद्दत गर्न गरिएको हो। बंगलादेशबाट भारतीय विद्यार्थीलाई पनि निष्काशन गरिएको छ । बंगलादेशमा आरक्षण सुधारलाई लिएर विरोध प्रदर्शन भइरहेको छ। बंगलादेशमा सन् १९७१ मा पाकिस्तानबाट…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस एमालेबीच नेपालमा सरकारलाई स्थायित्व दिने विषयमा सहमति भएको खुलाएका छन् । सहमतिको मुख्य बुँदामा नै अहिलेको अवस्थाले सरकार स्थायी बन्न नसकेको भन्दै यसलाई स्थायित्व दिन नै आफूहरूले गठबन्धन गरेको उनले स्पष्ट पारे । शनिबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकार बदलिएकै कारणले गर्दा दुई पार्टी मिलेपछि ०८४ सालसम्म हामी तलमाथि गर्दैनौं भनेर सहमति गरेको स्पष्ट पारे । ‘एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार रहन्छ त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार रहन्छ। मनमा सबैको आशंका छ, यहाँ भाषणा एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ…

Read More

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । दिउँसो १ बजे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ । त्यसभन्दाअघि दिउँसो १२ बजेका लागि बैठक बोलाइएको हो । बैठकले प्रधानमन्त्रीको विश्वासको मत दिने विषयमा ह्विप जारी गर्ने सम्भावना रहेको छ । बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले एउटै ल्होसार कार्यक्रममा ११ लाख अनियमितता गरेको पुष्टि भएको छ । मीठाराम अधिकारी मेयर बनेर आएपछिको पहिलो आर्थिक वर्षमा नै एउटै ल्होसार कार्यक्रममा ११ लाख अनियमितता गरेको भेटिएको हो । अनियमित खर्च गर्नका लागि सांस्कृतिक पर्व खर्च शीर्षक र अबण्डा बजेटबाट समेत भुक्तानी भएको देखिएको छ। नियम अनुसार २५ हजार रुपैयाँभन्दा धेरै भुक्तानी गर्दा एसी चेक दिनुपर्ने भन्ने नियम भए पनि बेरर चेकबाट भुक्तानी गरेको लगायत अनियमितता भएको देखिएको हो । महालेखाको पछिल्लो विवरण अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ (८) मा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदातालाई पच्चीस हजारभन्दा बढी रकम भुक्तानी…

Read More

काठमाडौं । काठमाडौंमा आज दिउँसो र राति पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसोसम्म सफा रहेको मौसम दिउँसो २ बजेपछि बदली रहने बताए । महाशाखाका अनुसार काठमाडौंको अपराह्नपछि वर्षा हुनेछ । दिउँसो केही बेर पानी पर्ने र अपराह्नपछि पानी रोकिने सम्भावना रहेको महाशाखाले जनाएको छ । फेरि राति केही बेर पानी पर्ने बताइएको छ । त्यस्तै, वर्षा सोमबारसम्म पर्ने र सोमबार शनिबार र आइतबारको तुलनामा कम वर्षा हुने सम्भावना पनि महाशाखाले देखाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवसायी पोस्ने गरी दिएको निर्देशन कुलमान घिसिङले उल्लंघन गरेका छन् । जसरी पनि शुक्रबार नै डेडिकेटेड लाइन विवादका कारण बिजुली काटिएका उद्योगीहरूको लाइन जोड्न दिएको निर्देशन उल्लंघन गरेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न ऊर्जामन्त्री दिपक खड्का एवम् उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग छलफल गरी कुनै पनि हालतमा काटिएको लाइन शुक्रबार नै जोडिदिन निर्देशन दिएका थिए । सोही बैठकमा घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएपछि प्रधानमन्त्रीले आजै बोर्ड बैठक राख्न भनेका थिए । तर बैठकमा घिसिङले मन्त्रिपरिषद् बैठकबाट निर्णय नगरेसम्म लाइन जोड्न नसकिने बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीको…

Read More

काठमाडौं । सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत जेठ २ गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ आएको हो । सो फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ । यस्तो छ लामिछानेको मुद्दामा आएको फैसलाको पूर्णपाठ

Read More

काठमाडौं । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगितामा पहिलो सफलता हासिल गरेको छ । एसिया कपअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गरेको हो । खेललाई आफ्नो पक्षमा ल्याउनका लागि नेपालको तर्फबाट सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरेकी थिइन् । कुल ११६ रनको लक्ष्य लिएको नेपालले १६ दशमलव १ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात/सात रनको योगदान गरे । त्यसअघि टस…

Read More