काठमाडौं खबर साउन ५, २०८१
काठमाडौं । नेपाली काँग्रेसको मुख्य सचेतकमा सिन्धुलीका श्यामकुमार घिमिरे मनोनित भएका छन् । यसअघिका रमेश लेखक मन्त्री भएपछि राजीनामा दिएर रिक्त रहेको सो पदमा शनिबार संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई नियुक्त गरेका हुन् ।
शनिबार देउवाका निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा दलको विधान धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई देउवाले मनोनीत गरेको उल्लेख गरेका छन् ।