काठमाडौं खबर साउन ७, २०८१
काठमाडौं । नयाँ सरकार गठनपछि अस्वाभाविक रूपमा बढ्दै गएको नेप्से परिसूचक सोमबार सम्हालिएको छ । सोमबार २५०० अंक कटे पनि कारोबार बन्द हुने बेलासम्ममा २४८८ मा झरेर बन्द भएको हो । यद्यपि नेप्से अघिल्लो दिनको तुलनामा २.१५ अंक बढेर कारोबार बन्द भएको छ ।
सोमबार तीन पटकसम्म २५०० अंक नाघेको सेयर बजार न्यूनतम २४४२ सम्म झरेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।
सोमबार कारोबार पनि घटेको छ । आइतबार दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो ।