Author: Kathmandu Khabar

काठमाडौं । अबको तीन दिनसम्म रातिमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी रातको समयमा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो । यद्यपि बाढी र डुबानको समस्यामा भने अब सुधार हुँदै जाने बताएको छ । बिहीबार दिउँसोमा भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । शुक्रबार देशभर आंशिकदेखि साधारणतया…

Read More

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जनाएको छ । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ । यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य एक सय ६८ रहेकामा अहिले मूल्य घटेर एक सय ६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य एक सय ७१ रहेकामा घटेर एक सय…

Read More

काठमाडौं । बुधबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको रेकर्ड कायम राखेको हो । बुधबार परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त…

Read More

काठमाडौं । बलाधिकृत रथी अशोकराज सिग्देल नेपाली सेनाको कामु प्रधानसेनापति नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सिग्देललाई कामु प्रधान सेनापति तोकेका हुन् । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपतिले उनलाई आज कामु प्रधानसेनापति तोकेका हुन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन्छन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान छ । बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

डा राजेन्द्र पौडेल नागढुंगा–नौबिसे–मुग्लिन (एनएनएम) सडक देशको पश्चिम भूभाग र तराईलाई काठमाडौसँग जोड्ने महत्वपूर्ण व्यापारिक तथा पारवहन मार्गको रुपमा रहेको छ । तराई क्षेत्र र भारतसँग काठमाडौं उपत्यका जोड्ने अन्य सडक पनि छन् तर सहज र सुरक्षित व्यावसायिक सवारीसाधन आवतजावतका लागि भरपर्दा छैनन् । यो सडक एसियाली राजमार्गको एक महत्वपूर्ण सडकखण्ड हो । मुग्लिनदेखि काठमाडौंसम्मको सडक कमजोर पहाडी भूभागहरु हुँदै बनेकाले भौगर्भिक हिसाबले अप्ठ्यारो र असुरक्षित मानिन्छ । यस रुटमा दैनिक औसत सवारी आवागमन तुलनात्मक रुपमा धेरै उच्च भएकाले, सडकको अवस्था र उपलब्ध सुविधाहरू प्रभावकारी प्रदान गर्न पर्याप्त थिएनन्, त्यसैले यो सडकको समयमै सुधार गर्नु आवश्यकता थियो फलस्वरुप हाल विश्व…

Read More

काठमाडौं । राति परेको मुसलधारे वर्षाले काठमाडौंमा एक जनाको ज्यान गएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा आएको बाढीले तीनै जिल्लामा विध्वंश मच्चाएको छ । अहिलेसम्म ७५ जनाको उद्धार गरिएको उपत्यका प्रहरीले जनाएको छ । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए । काठमाडौंको बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर कोरिडोर, धोबीखोला करिडोर, कीर्तिपुरलगायतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ । त्यस्तै, रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्‍याएको छ । सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ । पुरानो…

Read More

काठमाडौं । देशभर २० जनामा हैजा संक्रमण भएको सरकारले जनाएको छ । अहिलेसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएको स्याम्पलबाट २० जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । अहिलेसम्म काठमाडौँ, ललितपुर र कैलाली गरी तीन जिल्लामा मात्रै हैजा पुष्टि भएको छ। जसमध्ये दुई जना कैलालीका र बाँकी काठमाडौं उपत्यकाको रहेको बताइएको छ । अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको…

Read More

काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो । न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए । न्याय परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीका अनुसार काठमाडौंमा ९ र उच्च अदालत पाटनमा ७ न्यायाधीश सरुवा भएका हुन् । जसमध्ये उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा सरुवा भएकाहरूको सूची निम्नानुसार छ । पाटन उच्च अदालतमा सरुवा भएर आएका न्यायाधीशहरू नेपालगञ्ज इजलासबाट टंकप्रसाद गुरुङ राजबिराज इजलासबाट ऋषि राजभण्डारी उच्च पोखराबाट निर्मला पौडेल…

Read More

काठमाडौं । मंगलबार राति काठमाडौंमा मुसलधारे वर्षा भएको छ । मध्यरातमा भएको वर्षापछि काठमाडौंका नदी किनारमा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको विभागले जनाएको छ । काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ । आज पनि पर्ने विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र…

Read More

काठमाडौं । सर्वोच्च अदालतले एनआरएनएको विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । गत चैत २१ गते आएको फैसलाको ३१ पृष्ठ लामो पूर्णपाठ सार्वजनिक भएको हो । एनआरएनए विवाद : यस्तो छ सर्वोच्चको फैसलाको ३१ पृष्ठ लामो पूर्णपाठ न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले गत चैत २१ गते फैसला जारी गर्दै एनआरएनएका नाममा हाल अस्तित्वमा रहेका संगठनका कार्यसमितिहरू अवैध घोषणा गर्दै सहमतिबाट नयाँ एकीकृत कार्यसमिति चयन गर्न सर्वोच्चले ८ बुँदे मार्गचित्र दिएको थियो । यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ ।

Read More

काठमाडौं । फ्रान्समा जारी ओलम्पिकमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमानी कायम गरेका छन् । मंगलबार भएको पुरुष एक सय मिटर फ्रिस्टाइलमा  नेपाली पौडीबाज एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमानी कायम गरेका हुन् । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत् फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन् । उनी हिट ३ मा तेस्रो भएका हुन् । सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ…

Read More

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्राप्त गरेका छन् । म‌ंगलबार बसेको प्रदेशसभाको बैठकमा लामालाई ६४ सांसदले समर्थन गरे । प्रस्तावको पक्षमा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो । प्रस्तावको विपक्षमा ३५ र तटस्थमा तीन मत परेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को २७ गरी जम्मा ६४ मत खसेको हो । यसैगरी विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपाका प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीका तीन जना तटस्थ बसे । बैठकमा हाम्रो…

Read More

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मंगलबारदेखि केही दिन काठमाडौंको नदी किनारका बस्तीहरूमा सचेतना अपनाउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महाशाखाले काठमाडौंसहित २७ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने अनुमान छ। महाशाखाले भनेको छ– उच्च सतर्कता अपनाईराखौँ।

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्च अदालतका न्यायधीशहरू आजीवन सेवामा रहनेगरी यसअघि भएको फैसलालाई उल्ट्याउने गरी संविधान संशोधन अघि बढाउने तयारी गरेका छन् । आफ्नो अन्तिम छ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा सोमबार रूढिवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको घोषणा गरेका हुन् । राष्ट्रपति निर्वाचनका लागि सम्भावित डेमोक्रेटिक उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिसद्वारा समर्थित प्रस्तावहरूमा बाइडेनले सर्वोच्च अदालतका लागि १८ वर्षको कार्यकालको सीमा तोक्नेगरी नयाँ व्यवस्था लागू गर्ने तयारीमा उनी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रिपब्लिकन उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको दाबीलाई समर्थन गर्ने अदालतको हालैको फैसलालाई उल्ट्याउनका लागि ८१ वर्षीय…

Read More

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाउँदै उनको ठाउँमा डा. कृष्णप्रसाद ओलीलाई पठाउने भएको छ । गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी…

Read More

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । काँग्रेस र एमालेको गठबन्धन बनेपछि काँग्रेसको भागमा परेको मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । मुख्यमन्त्री लामालाई प्रदेशसभाका करिब ६० प्रतिशत सदस्यहरूले विश्वासको मत दिने सम्भावना देखिएको छ । अहिले प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७ सांसदहरू रहेका छन् । उनीहरूको कुल संख्या जोड्दा कुल सदस्य संख्याको…

Read More

काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन । साउने झरीलाई चिरेर रोपाइँ सम्पन्न गरीवरि खिर खाएर यो पर्व मनाउने गरिन्छ । तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन धेरै पहिलेदेखि चल्दै आएको छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो ।…

Read More

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा नाम सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाई समितिमा रहेका काँग्रेस र एमालेका सांसदहरूले उनको नाममा समर्थन जनाउन नसक्ने स्पष्ट पारेपछि उनले नाम फिर्ता लिएका हुन् । उनले नाम फिर्ता लिने संकेत पाएपछि बिहान साढे ११ बजेको लागि बोलाएको बैठक अपराह्न ५ बजेका लागि बोलाइएको थियो । सो समयभन्दा अघि नै प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन् । उनीमाथि नेपाल कानून समाजको कार्यकारी निर्देशक हुँदा आफ्नै कार्यालयमा कार्यरत महिलालाई प्रलोभन दिएर पटक पटक यौनशोषण गरेको आरोप लागेको छ। त्यसलाई लिएर पीडित महिलाले संसदीय सुनुवाइ समितिमा उजुरी पनि दिएकी…

Read More

काठमाडौं । पटकपटक २७०० नाघे पनि अन्तिममा अघिल्लो दिनको भन्दा २० अंकले घटेर आजको सेयर कारोबार बन्द भएको छ । आइतबार मौद्रिक नीतिको पहिलो दिन दुई पटक सर्किट लागेको नेप्सेले सोमबार भने सुखद् सन्देश दिएन । सोमबार कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक २७३५ नाघेको थियो । पछि पनि थप दुईपटक परिसूचकले २७०० को अंक पार गर्‍यो । तर अन्तिममा नेप्से २६६० अंकमा सीमित भएको छ । सोमबार फाइनान्स ५६ र हाइड्रो सेक्टर २६ अंकले बढ्यो भने बाँकी सबै क्षेत्रमा गिरावट आएको थियो । तर सोमबार कारोबार भने बढेर १९ अर्ब नाघेको छ । सोमबार बैंकिङ ०.६, विकास बैंक १४२,…

Read More

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेरा समूहले एक नेपालीको हत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे रुकुम बाफीकोट घर भएका ३० वर्षीय दीपक वलीको हत्या भएको हो । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने वलीको गोली हानी हत्या गरिएको हो । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो। घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको बताइएको छ ।

Read More

काठमाडौं । आज निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नियुक्तिको बारेमा निर्णय हुँदैछ। उनको नियुक्तिलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय समितिको दिउँसो बस्ने बैठकले गर्दैछ । तर विभिन्न परिस्थितिलाई विश्लेषण गर्दा उनको अनुमोदनको सम्भावना कम देखिएको छ । आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप लागेको छ । पीडित र पीडक दुवै पक्षसँगको छलफलपछि करिब एक सातासम्म सुनुवाई रोकेर बसेको संसदीय सुनुवाई समितिले आज अन्तिम निर्णय सुनाउँदैछ । सो निर्णयमा केही आधारहरूले उनीमाथि समितिले सदासयता नदेखाउने सम्भावना देखिएको हो । उनको अनुमोदन नहुने पहिलो आधार : गत असार २० गते प्रधानको कार्ययोजना पेश गर्न दिने र उनलाई अनुमोदन…

Read More

काठमाडौं । ललितपुरपछि काठमाडौंमा पनि हैजाका बिरामी भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार कालिमाटीका तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो । यसअघि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोरहरूमा हैजा भेटिएको थियो । हैजाको संक्रमण भेटिएपछि संक्रमण भएकाहरूको घर नजिक परीक्षण गर्दा ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको थियो । काठमाडौंमा भेटिएका हैजाका बिरामीहरू तीनैजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाका अनुसार हैजा पुष्टि भएसँगै उनीहरूलाई उपचारका लागि टेकु अस्पताल लगिएको थियो । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १० पुगेको…

Read More

काठमाडौं । सोमबार भक्तपुरको हनुमन्ते खोलाले जल सतह पार गरेको छ । बिहान ७ बजे खोला तटीय क्षेत्रमा बिहान ७ बजेसम्म जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भक्तपुरबाहेक दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । त्यसैले यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । आज राति पनि काठमाडौंलगायत देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस,…

Read More

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमितिले बुधबार वृक्षारोपण कार्यक्रम गर्दैछ । ४२ औं बीपी स्मृति दिवसको अवसरमा यही श्रावण १६ गते बुधबार बुनपा २ मा अवस्थित पञ्चकन्या मध्यवर्ती सामुदायिक वन बाँडेपाखामा वृक्षारोपण गर्न लागिएको बुनपा काँग्रेसका सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए। बिहान ७ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रमलाई नेपाली काँग्रेस बुनपा वडा नं २ कार्यसमिति सहआयोजना गरेको छ ।

Read More

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले छोरी नर्सिङ शिक्षा कार्यक्रममार्फत् स्थानीयलाई छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् यस्तो कार्यक्रम ल्याएको हो । नगरपालिकाका मेयर दीपक रिसालले आफ्नो फेसबुकमार्फत् सो कार्यक्रमको फाइदा लिन स्थानीयलाई आग्रह गरेका छन् । सो कार्यक्रमअन्तर्गत् पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति दिने कार्यक्रम रहेको मेयर रिसालले जानकारी दिए । उनका अनुसार गोकर्णेश्वर नगर छोरी नर्सिङ कार्यक्रमअन्तर्गत् नगरवासीका छोरीहरूलाई सो छात्रवृत्ति दिन लागिएको हो । यसका लागि नगरपालिकाभित्रको स्थायी बासिन्दा भएको नागरिकताको प्रमाणपत्र वा परिचयपत्र हुनु आवश्यक रहेको उनले जानकारी दिए ।

Read More

काठमाडौं । आज काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा शोक बिदा दिइएको छ । कीर्तिपुरको नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा मेयर फोरमको आह्वानमा सबै पालिकामा शोक बिदा दिइएको हो । साउन १० गते राति नकर्मीको उपचारको क्रममा निधन भएको थियो । कीर्तिपुर नगरपालिकाले उनको निधन भएको भोलिपल्ट अर्थात् शुक्रबार नै बिदा दिएको थियो । उपत्यका मेयर्स फोरमले भने आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ फोरमको विज्ञप्तिमा भनिएको छ। काठमाडौं उपत्यकामा…

Read More

काठमाडौं । काठमाडौंको बौद्धका एक विद्यार्थीले म्यासेन्जरमा लेखेको पत्र सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ‌ओली ट्रोलको शिकार बने । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई दिँदै बौद्धको रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङले पत्र लेखेको भन्दै शनिबार पत्र आफ्नो फेसबुकमा सार्वजनिक गरेका थिए । तर सो पत्रमा २०७९ श्रावण छ गते उल्लेख गरिएको भन्दै प्रधानमन्त्री ट्रोल बनेका थिए । ट्रोल बनेपछि प्रधामन्त्री ओलीले सोही फेसबुकमा कोष्ठक चिह्नको प्रयोग गरेर मिति फरक भए पनि यो पत्र यही वर्षको साउन ६ गते आएको उल्लेख गरेका छन् । उनले मिति फरक भए पनि म्यासेज आएकोले जस्ताको त्यस्तै सार्वजनिक गरिदिएको उल्लेख…

Read More

काठमाडौं । साहित्यकार पुनम घिमिरेको उपन्यास दृढ पाइला बजारमा आएको छ । शनिबार नेपाली लेखक संघ, काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच डा बेन्जु शर्माले पुस्तकको विमोचन गरेकी हुन् । वरिष्ठ साहित्यकार शर्मा वरिष्ठ साहित्यकार स्व भीमनिधि तिवारीकी सुपुत्री पनि हुन् । कार्यक्रममा डा शर्माले आजभोलि साहित्य लेखनमा धेरै महिलाहरु जागरुक भएर लागेको भन्दै समाजमा ठूलाठूला परिवर्तनमा पनि साहित्यको ठूलो भूमिका रहेको भन्दै यो क्रम रोकिन नहुने धारणा व्यक्त गरिन् । कार्यक्रमका सभापति एवं नेपाली लेखक संघ काठमाडौंका अध्यक्ष विसु कुमार केसीले साहित्य एउटा भावनाको अभिव्यक्ति मात्रै नभएर यो समाज परिवर्तनको संवाहक समेत रहेको भन्दै…

Read More

काठमाडौं । बागमती प्रदेश सरकारमा नियुक्त मन्त्रीमध्ये झण्डै दुई तिहाइ मन्त्री काठमाडौं उपत्यकाका रहेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले शनिबार बिस्तार गरेको मन्त्रिमण्डलसहितको सूची हेर्दा १४ मध्ये ९ जना काठमाडौं उपत्ययकाको रहेको भेटिएको हो । कुल १३ जिल्ला रहेको प्रदेशमा प्रदेश राजधानी रहेको जिल्ला मकवानपुरले नै एउटा पनि मन्त्री पाएन । मुख्यमन्त्रीको छिमेकी जिल्ला रसुवाबाट प्रभात तामाङलाई मन्त्री नियुक्त गरे पनि उनलाई हटाएर पछि काठमाडौंकी हरिप्रभा खड्गीले मन्त्री पद पाइन् । यसबाहेक काभ्रे, सिन्धुपाल्चोक र रामेछापबाट पनि कसैले मन्त्री पाएनन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौँले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको…

Read More

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिनभर मध्यम वर्षाको सम्भावना देखाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, आइतबार राति बागमती प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिएको छ। काठमाडौं उपत्यकामा पनि…

Read More