काठमाडौं खबर साउन १३, २०८१
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमितिले बुधबार वृक्षारोपण कार्यक्रम गर्दैछ । ४२ औं बीपी स्मृति दिवसको अवसरमा यही श्रावण १६ गते बुधबार बुनपा २ मा अवस्थित पञ्चकन्या मध्यवर्ती सामुदायिक वन बाँडेपाखामा वृक्षारोपण गर्न लागिएको बुनपा काँग्रेसका सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए।
बिहान ७ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रमलाई नेपाली काँग्रेस बुनपा वडा नं २ कार्यसमिति सहआयोजना गरेको छ ।