काठमाडौं । काठमाडौंको बौद्धका एक विद्यार्थीले म्यासेन्जरमा लेखेको पत्र सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली ट्रोलको शिकार बने । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई दिँदै बौद्धको रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङले पत्र लेखेको भन्दै शनिबार पत्र आफ्नो फेसबुकमा सार्वजनिक गरेका थिए । तर सो पत्रमा २०७९ श्रावण छ गते उल्लेख गरिएको भन्दै प्रधानमन्त्री ट्रोल बनेका थिए ।
ट्रोल बनेपछि प्रधामन्त्री ओलीले सोही फेसबुकमा कोष्ठक चिह्नको प्रयोग गरेर मिति फरक भए पनि यो पत्र यही वर्षको साउन ६ गते आएको उल्लेख गरेका छन् । उनले मिति फरक भए पनि म्यासेज आएकोले जस्ताको त्यस्तै सार्वजनिक गरिदिएको उल्लेख पनि गरेका छन् । त्यसो त उनको भनाइमा सत्यता हुन पनि सक्छ । किनभने तामाङले लेखेको मितिमा ओली प्रधानमन्त्री थिएनन् । र उनले सो मितिमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली भनेर नै सम्बोधन गरेकोले त्यो पत्र अहिले नै आएको पनि हुन सक्ने देखिन्छ ।
तर गलत मितिका कारण ओली ट्रोलको शिकार भने भएका छन् ।