काठमाडौं खबर साउन १३, २०८१
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले छोरी नर्सिङ शिक्षा कार्यक्रममार्फत् स्थानीयलाई छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् यस्तो कार्यक्रम ल्याएको हो ।
नगरपालिकाका मेयर दीपक रिसालले आफ्नो फेसबुकमार्फत् सो कार्यक्रमको फाइदा लिन स्थानीयलाई आग्रह गरेका छन् । सो कार्यक्रमअन्तर्गत् पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति दिने कार्यक्रम रहेको मेयर रिसालले जानकारी दिए ।
उनका अनुसार गोकर्णेश्वर नगर छोरी नर्सिङ कार्यक्रमअन्तर्गत् नगरवासीका छोरीहरूलाई सो छात्रवृत्ति दिन लागिएको हो । यसका लागि नगरपालिकाभित्रको स्थायी बासिन्दा भएको नागरिकताको प्रमाणपत्र वा परिचयपत्र हुनु आवश्यक रहेको उनले जानकारी दिए ।