काठमाडौं खबर साउन १४, २०८१
काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेरा समूहले एक नेपालीको हत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे रुकुम बाफीकोट घर भएका ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।
टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने वलीको गोली हानी हत्या गरिएको हो । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो।
घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको बताइएको छ ।