काठमाडौं खबर साउन १३, २०८१
काठमाडौं । आज काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा शोक बिदा दिइएको छ । कीर्तिपुरको नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा मेयर फोरमको आह्वानमा सबै पालिकामा शोक बिदा दिइएको हो । साउन १० गते राति नकर्मीको उपचारको क्रममा निधन भएको थियो ।
कीर्तिपुर नगरपालिकाले उनको निधन भएको भोलिपल्ट अर्थात् शुक्रबार नै बिदा दिएको थियो । उपत्यका मेयर्स फोरमले भने आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ फोरमको विज्ञप्तिमा भनिएको छ।
काठमाडौं उपत्यकामा दुई महानगरपालिकासँगै कुल २० पालिका रहेका छन् ।