काठमाडौं खबर साउन १५, २०८१
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मंगलबारदेखि केही दिन काठमाडौंको नदी किनारका बस्तीहरूमा सचेतना अपनाउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महाशाखाले काठमाडौंसहित २७ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने अनुमान छ। महाशाखाले भनेको छ– उच्च सतर्कता अपनाईराखौँ।