काठमाडौं खबर साउन १६, २०८१
काठमाडौं । बलाधिकृत रथी अशोकराज सिग्देल नेपाली सेनाको कामु प्रधानसेनापति नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सिग्देललाई कामु प्रधान सेनापति तोकेका हुन् ।
प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपतिले उनलाई आज कामु प्रधानसेनापति तोकेका हुन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन्छन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान छ ।
बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।