काठमाडौं । राजनीतिको पछिल्लो घटनाले पूर्व प्रधानमन्त्री वावुराम भट्टराई निराश देखिएका छन् । उनले माओवादी केन्द्।का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अस्थीर चरित्र एवम् सोचको भर्त्सना गर्दा आफ्ना सांसदहरूलाई माओवादीको सांसदको कित्तामा नराख्न निर्वाचन आयोगलाइ निबेदनसमेत दिएका छन् । प्रचण्डले निजी स्वार्थका लागि देशको सार्वभौमिकतामाथि खेलीरहेको आरोप लगाउँदै लेखेका छन्ः
“धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”!गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम , प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।
उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाककचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे! अग्रगामी कि पश्चगामी उथलपुथल? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो?
जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुककदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन?
शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टाककसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ?
संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको वेला मूलतः तीन प्रमुख बाह्य शक्तिवीच सन्तुलन मिलाउनु सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसंग कहिले अर्कोसंग टाककसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता/स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ?
‘लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस्!”