काठमाडौं खबर साउन २, २०८१
काठमाडौं । नेपाली फ्यानको उत्साह र सहभागिताले अधिक फ्यान भएको देशको रूपमा नेपालले उपाधि जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले हरेक वर्ष प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड यसपटक नेपाललाई दिने निर्णय गरेको हो ।
यसअघि नेपाली क्रिकेट खेल हुँदा रुखमा चढेर हेर्ने र अधिक दर्शक देखिएको त्रिवि क्रिकेट मैदानको तस्वीर समेत समयसमयमा आईसीसीले पोस्ट गर्ने गरेको थियो । तर अहिले नेपालले जितेको उपाधि भने डिजिटल माध्यममा फ्यानहरुले देखाएको सक्रियताको नतिजा हो । नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो।
‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई, ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डलाई प्रदान गरिएको छ ।