काठमाडौं खबर साउन ११, २०८१
काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि स्वास्थ्यमा समस्या आएकपछि उनी बजेट निर्माणपछि नगरपालिकाको कार्यक्रममा खासै सहभागी थिएनन् । स्वास्थ्यमा समस्या आएपछि गत साउन १ गते उपप्रमुख सुनिता शाक्यलाई कार्यबाहक दिएर उनी साउन २ गते अस्पताल भर्ना भएका थिए ।
उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ। उनको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको छ ।