

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्स भएको आधारमा वित्तीय कालोसूचीमा राख्ने व्यवस्था हटाएको छ । आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो । अहिले तीन पटक चेक बाउन्स भएपछि त्यसलाई वित्तीय कालोसूचीमा राख्ने गरिएको थियो । जसले गर्दा बैंकिङ कारोबार रोक्का हुने डरले पनि कारोबारमा सतर्कता अपनाउने गरिएको थियो ।्
अब खातामा पर्याप्त रकम नभएपछि ‘चेक बाउन्स’को आधारमा कालोसूचीमा परेका व्यक्तिहरूलाई कालोसूचीबाट हटाउने तयारी गरिएको हो । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा व्यवस्था गर्दै उनीहरूलाई कालो सूचीमा नराख्ने गरी व्यवस्था गर्न लागिएको हो।
मौद्रिक नीतको बुँदा नम्बर ८३ मा उक्त व्यवस्थाबारे भनिएको छ, ‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैङ्किङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ।’
यो व्यवस्थाले अब चेकप्रतिको विश्वास कम हुने अनुमान गरिएको छ ।