काठमाडौं खबर साउन २१, २०८१
काठमाडौं । आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको बताइएको छ ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसाे सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोसी र बागमती प्रदेशका एकदुई स्थानमा दिउँसाे भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली रहने विभागको अनुमान छ।