काठमाडौं खबर साउन १८, २०८१
काठमाडौं । सिनामंगलको एक होटलमा एक युवक र युवतीको शव भेटिएको छ । शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा विगत तीन दिनदेखि बसोबास गर्दै आएका उनीहरूको घाँटी रेटिएको र झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
मृतक दुवैजना बाजुराको त्रिवेणी नगरपालिकाका हुन् । मृत्यु हुने २३ वर्षीय भरतबहादुर सार्कीको झुण्डिएर र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्कीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
कोठा नम्बर ४०२ मा बस्दै आएका उनीहरू शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि गेस्ट हाउसका कर्मचारी बोलाउन गएका थिए।