काठमाडौं । काठमाडौंको कोलाहल र प्रदूषणबाट केही समय विश्राम लिन चाहनेहरूका लागि काठमाडौं उपत्यकाकै आसपासका क्षेत्र मनोरम र आकर्षक हुन सक्छन् । सांस्कृतिक एवं प्राकृतिक हिसाबले समेत आकर्षक यी स्थलहरू आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण हुने गर्दछ ।
अन्य विभिन्न पालिकामध्ये तारकेश्वर नगरपालिका काठमाडौंका आकर्षक नगरपालिकामध्ये एक हो । मनमैजु र फुटुङजस्ता ऐतिहासिक स्थलहरूका साथै तारकेश्वर मन्दिरजस्ता कैयौं महत्वपूर्ण सम्पदा, परम्परा एवम् जात्रा संरक्षण र सम्बद्र्धन गर्न नगरपालिकाले विशेष योजनासहित काम अघि बढाउँदै आएको छ । यी सांस्कृतिक स्थलहरूलाई जोड्दै प्राकृतिक सुन्दरताको समेत स्वाद चखाउन पालिकाले गुरुयोजना नै तयार पारेर पर्यटकीय पदमार्गसमेत निर्धारण गरेको पालिकाले जनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पालिकाले पछिल्लो समय १० वटा पदमार्गको पहिचान गरी त्यसको माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको सम्पदाहरूको प्रचारप्रसार एवम् विकास गर्ने लक्ष्य लिएको छ । मुख्यतया तारकेश्वर हुँदै जाने १० मुख्य पदमार्गहरू निम्नानुसार रहेका छन् ।
१. मनमैजु— फुटुङ —साङ्ला बालकुमारी
२. पुरानो गुह्येश्वरी—लोलाङ योगिनी मन्दिर–गोलढुंगा खेलमैदान–रुद्रेश्वर—कृष्णमन्दिर—चोगाउँ—मुडिखुगढी
३. मुढिखुढोका—मुडिखुगढी भ्यूटावर—तिनपिप्ले–भुवनेश्वरी–पाँचमाने
४. धर्मस्थली—काभ्रेस्थली— शान्तिधाम
५. धर्मस्थली—जितपुरफेदी—सिद्धेश्वर—पाँचमाने — तारकेश्वर महादेव मन्दिर
६. धर्मस्थली—महाँकाल—चोगाउँ — मुडिखुगढी —कालीदेवी बुद्धपार्क
७. धर्मस्थली— काभ्रेस्थली— तारकेश्वर मन्दिर
८. मनमैजु— फुटुङ —साङ्ला—बौँडेश्वर महादेव÷झरना ।
९. पुरानो गुह्येश्वरी–शान्तिगुफा– न्याँकन्डोल महाँकाल– मुडिखु–मुडिखु गढीथुम्को (भ्यूटावर)
१०. मुड्खुढोका–मुडिखुगढी–भुवनेश्वरी–पाँचमाने–तारकेश्वरधाम–देवीस्थान– शान्तिधाम–साङ्ला–फुटुङ–मनमैँजु