![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । अमेरिकामा नयाँ चुनावको माहोल चुलिएको छ । यसपटकको चुनाव यसकारण पनि महत्वपूर्ण छ कि त्यहाँ अहिलेको सत्तारुढ दल डेमोक्रेटिक पार्टीबाट महिला उम्मेदवार कमला ह्यारिस चुनाव लड्दैछिन् । उनको बढ्दो माहोलले उनले अमेरिकाको इतिहासमा नै पहिलो महिला राष्ट्रपति पाउने सम्भावना बढ्दै गएको छ ।
तर रोचक कुरा के छ भने यदि कमला ह्यारिसले अमेरिकी राष्ट्रपति निर्वाचन जितिन् भने उनले त इतिहास रच्नेछिन् नै उनका पति डग एमहफले पनि इतिहास कायम गर्ने भएका छन् । ह्यारिस संयुक्त राज्य अमेरिकाको करिब साढे दुई शताब्दीको अस्तित्वमा पहिलो महिला राष्ट्रपति बन्न सफल बनिन् भने ५९ वर्षीय वकिल पहिलो फर्स्ट जेन्टलमेन बन्नेछन् ।
एमहफलाई आफ्नी पथप्रदर्शक ५९ वर्षीय श्रीमतीसँगै केही नयाँ गर्ने बानी भइसकेको छ । पहिलो महिला, अश्वेत र दक्षिण एसियाली उपराष्ट्रपतिका रूपमा ह्यारिसको सुरुआती उथलपुथल कार्यकालमा ऊर्जावान अभियानकर्ता र उनको प्रखर रक्षक साबित गर्दै एमहफ पहिलो सेकेन्ड जेन्टलमेनका रूपमा आफ्नो भूमिकामा आएका छन् । अर्को माइलस्टोनका रूपमा एमहफ कुनै अमेरिकी राष्ट्रपति वा उपराष्ट्रपतिको पहिलो यहुदी जीवनसाथी पनि हुन् । उनले राष्ट्रपति जो बाइडेनको प्रशासनमा यहुदीविरोधी भावनासँग लड्न निकै स्पष्ट भूमिका निर्वाह गरेका थिए ।
सम्भावित पहिलो फर्स्ट जेन्टलमेन हुने दाबीमा उनीसँग कुनै रेकर्ड छैन । उक्त उपाधि पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नी श्रीमती हिलारी क्लिन्टनको सन् २०१६ को असफल प्रतिस्पर्धाका क्रममा दाबी गरेका थिए । तर पूरा गर्न सकेनन् ।