काठमाडौं खबर साउन ३१, २०८१
काठमाडौं । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो यही भदौ ११ गतेदेखि १६ गतेसम्म हुने भएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी अटो शो गर्न लागिएको जानकारी दिएको हो । आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना गरिने भएको छ ।
दुई दशकअघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एशोसिएशनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराए । बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्राण्ड, १९ वटा दुई पाङ्ग्रे ब्राण्डहरू र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनीमा रहनेछन् ।
यो वर्षको शो ईभीमय हुने बताइएको छ ।