पुनम घिमिरे भदौ १, २०८१
हदैसम्म भाव विभाेर भएपछि
भावनाकाे गहिराइलाई
मुटुको ऐनामा
तन्की स्पर्श गर्दै हेरेँ !
यादहरु हतारमा देखिए
बौद्धिक्ता माथि प्रश्नन चिह्न लगाइ
आँखाले मनकाेआवेग सँगै
मेरो अनुभूतिलाई जिस्कायाे !
हृदय विदारक बाजा
समयले एकतमास बजाइ रह्यो
म त्यही लयमा उनिएर
जीवन घिसारी रहेँ
यादलाई तन्काइ रहेँ ।
मनकाे पर्यायवाची चित्त हुनुपर्ने होइन र?
यही चित्तमा दाेधार शब्द कहाँबाट आयो?
अनि,फेरि, किन, कसरी प्रश्न बनी तेर्सि रह्याे
न उत्तर भेटिन्छ
प्रतिवाद नै केही गर्न सकिन्छ
मौनतामा अल्झेर स्वहम जप गरिरह्याे !
आकाश, आकाश नभएर
आफैँ झैँ लाग्यो
सपनाको तह भ्रमकाे महल
जीवन झैँ लाग्याे
घाम र बादल
औँसी र पूर्णिमाबीचको
तारतम्यको उल्झन र दोधारमा बसेर
जीवन यात्रा अविरल कायम रह्यो !!
पुनम घिमिरे
गाेकर्णेश्वर ३ गितान्जली टाेल