काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु, अंगभंग वा बिरामी भएकाहरूको सन्ततिलाई छात्रवृत्ति दिने भएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई गरेको परिपत्रमा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकालाई प्रदान गरिने छात्रवृत्तिका लाग आवेदन माग गरेको हो ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको हो ।
सो परिपत्रका आधारमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिकरुपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको परिपत्र