काठमाडौं । बिहारमा मदिरा सेवनमा गरिएको निषेधाज्ञापछिको सघन अभियानका क्रममा बरामद नौ लाख लिटरभन्दा बढी मदिरा मुसाले खाएको भन्ने समाचार आएपछि भारतभर यसले हंगामा मच्चाएको छ । मिडियामा यस्तो समाचार आएपछि बिहार प्रहरी मुख्यालयले यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ । यसै सन्दर्भमा पटना र मगध क्षेत्रका डीआईजी राजेशकुमारले अब बरामद मदिरा बरामद गरेपछि तत्कालै नष्ट गरिने बताए । मुसाले रक्सी पिएको नै हो भने पनि त्यसको पनि छानबिन गर्ने तयारी प्रहरीले गरेको हो ।
पछिल्लो १३ महिनामा ९.१५ लाख लिटर स्वदेशी तथा विदेशी मदिरा बरामद भएको र त्यसको ठूलो हिस्सा प्रहरी चौकीमा ल्याउँदा खेर फालेको प्रहरी अपराध बैठकले गरेको मिडिया रिपोर्टले जनाएको छ । जबकि सोही रकम प्रहरी गोदाममा मुसाले पचाउन थालेको प्रहरीले जनाएको छ । पटना इलाकाका प्रहरी महानिरीक्षक नय्यर हसनैन खानले पटनाका वरिष्ठ प्रहरी उपरीक्षकलाई प्रहरी गोदामबाट भौतिक रूपमा मुसाले मदिरा खाएको प्रमाणित गरी प्रतिवेदन बुझाउन आग्रह गरेको बताए । बिहारमा करिब १,०५३ पुलिस स्टेसनहरू छन्।
अर्कोतर्फ यो विषयलाई लिएर राजनीति चर्किएको छ । बिहारमा विपक्षी दलका नेता प्रेम कुमारले नितिश कुमार नै मदिरा पिउने सरकारी मुसा रहेको आरोप लगाए । उनीमाथि कारबाही हुनुपर्ने विपक्षीको माग छ । जब बिहारमा मदिराको प्रयोग थिएन तब किन नष्ट गरिएन ? उनले भने कि नितिश कुमारले बताउनुपर्छ कि कुन मुसाले मदिरा पिए र ती मुसाहरूविरुद्ध के कारबाही गरिरहेका छन् ?