काठमाडौं खबर भदौ १२, २०८१
काठमाडौं । दिनभर ठूलो उतारचढाव सहे पनि अन्तिममा सामान्य वृद्धिमा नेप्से रोकिएको छ । मंगलबार भारी गिरावट आएको नेप्सेमा बुधबार भने जम्मा तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको छ । दिउँसो २८६० को विन्दुसम्म पुगेको नेप्से बन्द हुने बेलामा २७८६ मा सीमित भएको हो ।
आज दुई सय २६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ०९, जलविद्युत् शून्य दशमलव ४९ र लगानी एक दशमलव ०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३, म्युचुअल फण्ड शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार एक दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७, लघुवित्त एक दशमलव ०८, जीवन बीमा शून्य दशमलव ४४, वित्त एक दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।