काठमाडौं खबर भदौ ११, २०८१
काठमाडौं । रास्वपाका निवर्तमान महामन्त्री मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत बर्खास्त गरेको छ । यसअघि महामन्त्री र केन्द्रीय सदस्यबाट बर्खास्त गरेको केन्द्रीय समिति बैठकले मंगलबार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेको हो ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो
पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो । महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो ।