Author: Kathmandu Khabar

काठमाडौं । स्वास्थ्य सेवा विभागले काठमाडौंलगायत देशका विभिन्न स्थानमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम रहेको जनाएको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंमा भदौ १५ गतेदेखि असोज १५ गतेसम्म रोग सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । सन् २०२४ को जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म काठमाडौंमा भने सो रोगको संक्रमण नदेखिएको भए पनि यो क्षेत्र पनि उच्च जोखिममा रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरेको छ । सामान्यतयाः लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्छन् । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी…

Read More

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंको धाप ड्याममा र भक्तपुरको नगरकोटमा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन जिल्लाका तीन ठाउँमा धेरै भारी वर्षा भएको हो । विभागका अनुसार सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद्को भाषामा धेरै भारी वर्षा भनिन्छ। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ । नगरकोटमा १४२.२ मिलिमिटर वर्षा भएको थियो भने काठमाडौँको गोकर्णेश्वरमा रहेको धापड्याममा ७८ मिलिमिटर र ललितपुरको शंखुमा ५३.४ मिलिमिटर वर्षा भएको हो।

Read More

काठमाडौं । फेसबुकले माफी माग्दै काठमाडौंका मेयर बालेन शाहको डिलिट भएको पोस्ट पुन: फर्काएको छ । लुम्बिनी प्रदेश सांसद रेखा शर्माले एक बालिकालाई घरेलु हिंसा गरेकोमा पक्राउ नगरेको भन्दै भदौ १६ गते फेसबुकमा एउटा पोस्ट गरेका थिए । सो पोस्टमा बालेनले बाल श्रम शोषणको आरोप लागेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई कानुनी कारबाही नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेसबुकमा प्रश्न उठाएका थिए। सो पोस्ट गलत रहेको भन्दै अनेरास्ववियुलगायतका कार्यकर्ताहरूले रिपोर्ट गरेपछि बालेनको पोस्ट हटेको थियो । फेसबुकले बालेनको पोस्ट कम्युनिटी गाइडलाइनभित्रै रहेको पाइएपछि पुनः फर्काएको स्पष्ट पारेको छ। अहिले बालेनको फेसबुकमा उक्त पोस्ट देख्न सकिन्छ। यस्तो छ फेसबुकले…

Read More

काठमाडौं । नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक निर्देशन जारी गर्दै सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै प्रतिबन्ध फुकुवा भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएपछि प्राधिकरणले टिकटक सञ्चालनमा अवरोध नगर्न भनेको हो। प्राधिकरणले मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई भनेको छ।

Read More

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दोस्रोपटक दीपकराज जोशी नियुक्त भएका छन् । २०७४ ताका पहिलो कार्यकालका लागि नियुक्त भएका उनी अहिले दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् । पर्यटन बोर्ड स्रोतका अनुसार तत्कालीन सीईओ धनञ्जय रेग्मी विवादमा तानिएका कारण एक नम्बरमा सिफारिस भए पनि सीईओ बन्न सकेनन् । दोस्रो नम्बरमा रहेका जोशीले बाजी मारेका हुन् । बर्दियाका जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारी समेत हुन् । रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओविहीन थियो । बोर्डले कार्यकारी प्रमुख छनौट सिफारिस गर्न बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय…

Read More

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानलाई ससर्त ६० करोड ऋण दिने निर्णय गरेको छ । किसानलाई तिर्नुपर्ने भुक्तानी तिर्नका लागि संस्थानलाई सर्तसहित सो रकम ऋण दिने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । त्यस्तै, सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ। बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Read More

काठमाडौं । आज दिनभर काठमाडौंका केही भेगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बुलेटिनमा उल्लेख छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै…

Read More

काठमाडौं । एउटा मान्छेले अपराधको कुन हदसम्म पार गर्न सक्छ ? हामीले एउटा थ्रिलर फिल्मको कथाभन्दा भयानक घटना काठमाडौंको बुढानीलकण्ठको घरभित्र हुने गरेको भेटिएको छ । सुगर ड्याडीको नकावभित्र अबोध किशोरकिशोरीलाई अनायासै अपहरण गर्ने र अनेक पाशविक यातना दिने गरेको रहस्य केही समय अघि मात्रै खुलासा भएको हो । त्यो पनि एक जना मात्रै नभएर गिरोह नै सो घटना संलग्न रहेको पाइएको छ । उनीहरू अरुलाई पाशविक पीडा दिएर त्यो मोमेन्टलाई इन्जोय गर्ने, भिडियो बनाउने गरेको पीडित युवाहरुले बताएका छन् । उनले ढलानमा ड्रिल गर्ने मेसिन मान्छेको शरीरमा चलाउँथे, स्नुकर खेल्ने पाइप मलद्वारमा घुसाइदिन्थे, नाङ्गो शरीरमा रातो पारेर तताइएको आइरन…

Read More

काठमाडौं । आज हिन्दु महिलाहरूको महान पर्व हरितालिका (तीज) देशभर श्रद्धालुहरूले निर्जला व्रत बसेर मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वको दिन महिलाहरूले महादेवको पूजा आराधना गर्ने गर्छन् । तीजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। तृतीयाको दिन ब्रत बसेका महिलाहरूले पर्सिपल्ट पञ्चमीका दिन स्नान गरी पञ्चमी पूजा लगाएपछि तीज सकिन्छ । तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लागेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता…

Read More

काठमाडौं । आज साताको अन्तिम दिन सेयर कारोबार सूचक नेप्से सामान्य अंकले घटेको छ । बुधबार भारी अंकले घटेको नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार सात सय २७ दशमलव ३६ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल दुई करोड एक लाख ५३ हजार नौ सय ९३ कित्ता शेयर रु नौ अर्ब ६५…

Read More

काठमाडौं ।  हरितालिका (तीज) को अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि नै खुल्ने भएको छ ।  दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि भक्तजनलाई सहजरूपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको कोषले जनाएको छ । बाहिर चार लाम भएपनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीनवटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गर्ने तयारी गरेको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क…

Read More

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक युवतीको शव भेटिएको छ । बिहीबार बिहान स्थानीयको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दा किनारमा ढुंगाको चेपमा शव भेटिएको प्रहरीले जनाएक छ । पानीले भिजेर ढाडिएको अवस्थामा भेटिएको उक्त शव कसको भन्ने यकिन पहिचान भएको छैन । शवलाई घटनास्थल मुचुल्का गरेर उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ ।

Read More

काठमाडौं । पछिल्ला केही दिन सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको डिजिटल युद्धको चर्चा देख्न सकिन्छ । सामाजिक सञ्जालमा देखिएको यो युद्ध एकले अर्कालाई रिपोर्ट गर्नेदेखि अर्कोको फलोअर्स घटाउने अवस्थासम्म पुगेको छ । यो युद्धको सुरुवात भने मेयर बालेन शाहबाट सुरु भएको थियो । बालेनले केही दिनअघि ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारका रूपमा शोषण र हिंसा गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई दुई महिनादेखि कारबाही गर्न अनुरोध गर्दा पनि सरकारले नसुनेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखे। उनले फेसबुकमा लेखेका थिए ‘अदालतले पनि मुद्दा चलाऊ भनेर…

Read More

काठमाडौं । भोलि काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ । कलामार्फत अन्तरदेशीयसम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्धस्थित तारागाउँ म्युजियममा हुन लागेको हो । प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ । जसमा भारत, अमेरिका, कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड र भुटानका कलाकारले आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । प्रदर्शनीमा कलाकारले आ–आफ्नो दृष्टिकोण र सिर्जना क्यानभासमा प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा विधाता केसी, प्रतिमा माखिम, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, डा प्रकाश किशोर, पृथ्वी श्रेष्ठ, रोशन भण्डारी, रोशन मिश्र, डा सुबोध सागर ढकाल लगायतका चित्र राखिने भएको छ ।

Read More

काठमाडौं । सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन आउनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ दलका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन् । सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिलाई बयान दिएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा दौडधुप सुरु गरेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिने क्रममा लामिछानेसहितका आरोपितसँग बयान लिएको थियो । सो विषयमा अनुसन्धान तीब्र हुन थालेपछि लामिछानेले आफूलाई बचाइदिन आग्रह गर्दै देउवा र ओली निवासमा दौडधुप सुरु गरेका हुन् । १० भदौमा प्रहरीको बयान सकिएलगत्तै लामिछानेले प्रधानमन्त्री ओली र…

Read More

काठमाडौं । नौ बाजा बजाउँदै धुमधामका साथ एक महिने गुँला पर्व सम्पन्न भएको छ । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले मनाउने यो पर्व बुधबार सम्पन्न भएको थियो । गत साउन २२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न भएको छ । विशेषगरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी एक महिनासम्म मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । यो पर्वमा प्रत्येक दिन नौ बाजा…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र…

Read More

काठमाडौं । पछिल्लो दुई  कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो । आज तीन सय २० कम्पनीको दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर एक लाख ३७ हजार एक सय ६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह…

Read More

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा रहेको तल्लो भंगालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार अनिता मिलन इन्टरनेशनल एकेडेमीको संयोजन, नेपाली काँग्रेस बुनपा ८ वडा कार्यसमितिको पहल तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएङ्को काँग्रेस बुनपा ८ वडा समितिले जनाएको छ । शिविर तल्लो भंगालमा रहेको अनिता मिलन इन्टरनेशनल एकेडेमीमा बिहान ९ बजेदेखि दिउँसो चार बजेसम्म चलेको थियो । जसमा ३५९ जनाले सेवा लिएको आयोजकले जानकारी दिएको छ । शिविरमा सामान्य चिकित्सादेखि ईसीजी, ल्याब टेस्ट, भिडियो एक्सरेलगायतका १२ किसिमका सेवा प्रदान गरिएको थियो । शिविरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ डी, एमडी ३२५, नेपाल LY 2024/25 अन्तर्गत् रहेका २०…

Read More

काठमाडौं । तीज मनाउनका लागि पूर्व राष्ट्रपति विद्या भण्डारीदेखि परराष्ट्रमन्त्री आरजु राणालगायत नेतृहरू तीज मनाउन शितल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा  पूर्वराष्ट्रपतिसहित विशिष्ट महिलाहरुलाई दर खुवाइएको हो । तीजको लागि दर खान प्रथम महिला सविता पौडेलको नामबाट पूर्वराष्ट्रपतिसहित संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुलाई निमन्त्रणा पठाइएको थियो । कार्यक्रममको संक्षिप्त औपचारिक कार्यक्रममा राष्ट्रपति, प्रथम महिला र पूर्वराष्ट्रपतिलाई डायसमा राखिएको थियो भने बाँकी महिला प्रतिनिधिहरूलाई दर्शकदीर्घामा राखिएको थियो । संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताए ।

Read More

काठमाडौं । अविरल वर्षाको कारण आएको बाढीले काठमाडौंको तारकेश्वरमा एक बालकको ज्यान गएको छ । तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका छन् । साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । भारतको पश्चिम बंगालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित भएको छ । मंगलबार पश्चिम बंगाल विधान सभाले यो कानुन पारित गरेको हो । कोलकाताको एक अस्पतालकी महिला चिकित्सकको बलात्कारपछि हत्या भएको विरोधमा न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार सो विधेयक पारित गरेको हो । राज्य विधानसभाले पारित गरेको तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी उक्त कानुनले महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दाप्रति आक्रोश व्यक्त गरेको छ । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो । भारतको फौजदारी संहिता मुलुकभर…

Read More

काठमाडौं । मंगलबार राति काठमाडौंको विष्णुमति नदीले खतराको तह पार गरेको छ । अपराह्न परेको अविरल वर्षाका कारण नदीले जलसतह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार राति जारी विज्ञप्तिमा भनिएको छ ‘विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।’ विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ । त्यसैगरी सिन्धुलीको कमलानदी…

Read More

काठमाडौं । सरकारी अस्पताललाई शनिबारबाहेकका अधिकांश सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो । यसअघि हरेक पर्व बिदामा ओपीडी सेवा बन्द गर्दै आएको थियो । तर सो बिदाले जनतामा समस्या निम्तिएको भन्दै ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । यस्तो छ मन्त्रालयको निर्देशन :

Read More

काठमाडौं । इजरायलले सैन्य दबाब कायम राखे बन्धक ’कफिनभित्र’ फर्काइने चेतावनी हमासले दिएको छ । इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो । बिबिसीका अनुसार १५० इजरायलीसहित २१२ भन्दा बढीलाई हमासले बन्धक बनाएको छ । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी सोमबार दिएको छ । पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन…

Read More

काठमाडौं । सोमबार भारी अंकले बढेको सेयर बजारमा मंगलबार पनि वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको हो । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो आज तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक एक दशमलव ३२, होटल तथा पर्यटन शून्य दशमलव ६५, जीवन…

Read More

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले असोज पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी आउने दाबी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यसो बताएका हुन् । उनले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए । मौसममा सुधार आउने वित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी…

Read More

काठमाडौं । प्रहरी महानिरीक्षकको जिभ्रो थुत्नुपर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिने सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न चौतर्फी दबाब सुरु भएको छ । शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी समायोजनको विषयलाई लिएर उनले सो आपत्तिजनक अभिव्यक्ति दिएका थिए । महानिरीक्षकविरुद्धको अभिव्यक्तिपछि पृथ्वीसुब्बाको आलोचना भइरहेको छ । यसैबीच उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जथाभावी नबोल्न निर्देशन दिइसकेका छन् भने उनलाई बर्खास्त गर्न चौतर्फी दबाब सुरु भएको छ । मंगलबार मात्रै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । मंगलबार नै पूर्वप्रहरी संगठन प्रमुख मञ्चले…

Read More

काठमाडौं । भोलि बुधबार काठमाडौंको भंगालमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । अनिता मिलन इन्टरनेशनल एकेडेमीको संयोजन, नेपाली काँग्रेस बुनपा ८ वडा कार्यसमितिको पहल तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर हुन लागेको काँग्रेस बुनपा ८ वडा समितिले जनाएको छ । स्वास्थ्य शिविर तल्लो भंगालमा रहेको अनिता मिलन इन्टरनेशनल एकेडेमीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ । शिविरमा सामान्य चिकित्सादेखि ईसीजी, ल्याब टेस्ट, भिडियो एक्सरेलगायतका सेवा पाइने छ । शिविरमा पाइने अन्य सेवाहरू निम्नानुसार रहेका छन् ।

Read More

काठमाडौं । नेपाल प्रहरीले इन्स्पेक्टर सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले एकैपटक ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

Read More