काठमाडौं खबर भदौ १९, २०८१
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा रहेको तल्लो भंगालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार अनिता मिलन इन्टरनेशनल एकेडेमीको संयोजन, नेपाली काँग्रेस बुनपा ८ वडा कार्यसमितिको पहल तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएङ्को काँग्रेस बुनपा ८ वडा समितिले जनाएको छ ।
शिविर तल्लो भंगालमा रहेको अनिता मिलन इन्टरनेशनल एकेडेमीमा बिहान ९ बजेदेखि दिउँसो चार बजेसम्म चलेको थियो । जसमा ३५९ जनाले सेवा लिएको आयोजकले जानकारी दिएको छ । शिविरमा सामान्य चिकित्सादेखि ईसीजी, ल्याब टेस्ट, भिडियो एक्सरेलगायतका १२ किसिमका सेवा प्रदान गरिएको थियो ।
शिविरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ डी, एमडी ३२५, नेपाल LY 2024/25 अन्तर्गत् रहेका २० वटा लायन्स क्लबले तल्लो भंगालमा रहेको अनिता मिलन इन्टरनेशनल एकेडेमीका ३०० विद्यार्थीलाई वर्षभरि पुग्नेगरी स्टेसनरी सामग्री उपलब्ध गराएको पनि आयोजक संस्थाले जनाएको छ ।