काठमाडौं खबर भदौ १९, २०८१
काठमाडौं । सरकारी अस्पताललाई शनिबारबाहेकका अधिकांश सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो ।
यसअघि हरेक पर्व बिदामा ओपीडी सेवा बन्द गर्दै आएको थियो । तर सो बिदाले जनतामा समस्या निम्तिएको भन्दै ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
यस्तो छ मन्त्रालयको निर्देशन :