काठमाडौं खबर भदौ १८, २०८१
काठमाडौं । भोलि बुधबार काठमाडौंको भंगालमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । अनिता मिलन इन्टरनेशनल एकेडेमीको संयोजन, नेपाली काँग्रेस बुनपा ८ वडा कार्यसमितिको पहल तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर हुन लागेको काँग्रेस बुनपा ८ वडा समितिले जनाएको छ ।
स्वास्थ्य शिविर तल्लो भंगालमा रहेको अनिता मिलन इन्टरनेशनल एकेडेमीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।
शिविरमा सामान्य चिकित्सादेखि ईसीजी, ल्याब टेस्ट, भिडियो एक्सरेलगायतका सेवा पाइने छ । शिविरमा पाइने अन्य सेवाहरू निम्नानुसार रहेका छन् ।